बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गीतकार सुमनले पोखरामा घन्काउने भए एकल साँझ

गीतकार सुमनले पोखरामा घन्काउने भए एकल साँझ


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०७६, मंगलबार

पोखरा, १४ माघ – बागलुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका गीतकार सुमन श्रापितको कर्णप्रिय गीतको आगामी फागुनमा पोखरामा एकल साँझ हुने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालले आउदो फागुन ३० गते एकल साँझ गर्ने निर्णय गरेको छ । दुई दशकदेखि पोखरामा रहेर नेपाली गीत सङ्गीतमा क्रियाशील श्रापितका सिर्जनालाई एकल साँझमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
सो कार्यक्रममा श्रापितद्वारा रचना गरिएका ‘सिरिमा सिरी‘ फिल्म परदेशी, जसलाई मुटुको अंश‘, मेरो धड्कन तिमी‘, टिलपिल टिलपिल तारा‘, कहिले सादा कहिले रङ्गिन‘, कहिले ओराली झर्छ जिन्दगी‘ फिल्म जीवनलिला, तिम्रो मधुर मुस्कानले‘, अच्छा लेकिन क्या बात, फिल्म निशानी‘, पूर्वैबाट पश्चिममै आयौ फिल्म निशानी‘, अब कसैले गल्ल्ती नगरौं‘, दिलराजा दिलरानी‘, तिमिलाई त जहाजमा‘, काली काली दिलवाली‘ फिल्म दृष्टिकोण, बादल फाटेको बेला‘, आमाबाट सिके मैले‘ लगायतका गीतहरु प्रस्तुत गरिने गीतकार सुमनले वताए ।
पोखरामा धेरै सघ सस्थामा लागेर जीवनको उर्वर समय बिताए तर सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानमा मेरो त्यस्तो उल्लेखनीय योगदान छैन र पनि मलाई माया गरेर मेरा विभिन्न कार्यक्रम गरेर ठुलो गुन लगाएको बताए । सुमनले भने, अब गरिने कार्यक्रम मेरो चौथो कार्यक्रम हुने छ । एकल साझ गर्ने जो कोही सर्जकको सपना हुन्छ, त्यो सपना मेरो पनि थियो जुन पूरा गर्न सस्था मन्जुर भएकोमा उनले संस्थाप्रति आभार ब्यक्त गरे ।
उक्त कार्यक्रम कलाकार उपचार कोषको सयोगार्थ हुने सस्थाका सचिव जुना क्षेत्रीले जानकारी दिए । गीतकार श्रापित बिगत दुई दशकदेखि पोखरामा रहेर नेपाली गीत सङ्गीतमा क्रियाशील छन । मोफसलमा बसेर यति धेरै क्रियाशील रहने सायद पहिलो गीतकार हुन । उनका झन्डै दुई सय गीतहरु रेकर्ड भएका छन । उदित नारायण झा, दिपा झा, प्रशान्त तामाङ, रामकृष्ण ढकाल, अन्जु पन्त, हेमन्त शर्मा, बि।बि। अनुरागी, स्वरुप राज आचार्य, देबिका बन्दना, मान्डवी त्रिपाठी, सुनिता दुलाल, राजु परियार, मेलिना राई, अन्जना गुरुङ, मिलन अमात्य लगायत नेपालका थुप्रै चर्चित गायक गायिकाले उनको रचनाका गीत गाएका छन ।
श्रापितका गीतमा उदित नारायण झा, दिपा झा, प्रशान्त तामाङ, रामकृष्ण ढकाल, अन्जु पन्त, हेमन्त शर्मा, बि.बि. अनुरागी, स्वरुप राज आचार्य, देबिका बन्दना, मान्डवी त्रिपाठी, सुनिता दुलाल, राजु परियार, मेलिना राई, अन्जना गुरुङ, मिलन अमात्य लगायतका चर्चित गायक गायिकाले आवाज भरेका छन् ।
संस्थाका सल्लाहकार बरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोला र गीतकार दुर्गा बहादुर शाह “बाबा“ले संस्थाको गरिमालाई अझै उचो बनाउनको लागि यो कार्यक्रम सफल बनाउनु पर्ने कुरामा जोड दिदै त्यस्का लागि सबैले आआफ्नो ठाउँबाट लाग्नु पर्ने बताए । संस्थाका संस्थापक अध्यक्ष सङ्गीतकार नवराज बरालले एकल साँझको प्रस्ताव पेश गरेपछि वैठकले अनुमोदन गरेको थियो । प्रतिष्ठानले हरिदेवी कोइराला, दुर्गा शाह बाबा, पद्मराज ढकाल र खिम गुरुङको एकल प्रस्तुतिका कार्यक्रम यसअघिनै सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->