आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा दुर्घटना, पत्रकार उमेश र सुमन घाइते

पोखरामा दुर्घटना, पत्रकार उमेश र सुमन घाइते


  • Dhorpatan News
  • माघ १५ २०७६, बुधबार

पोखरा, १५ माघ – पोखराको चाउथेमा मोटरसाइकल दुर्घटनामा परी दुई पत्रकार सहित ४ जना घाइते भएका छन ।मंगलवार सांझ  पोखरा भण्डारढिकमा भएको मुख्यमन्त्री कम फुटबल प्रतियोगिताको फाइनलको रिर्पोटिङ गरेर फर्किदै गरेका नागरिक दैनिकका पत्रकार उमेश पुन र रेडियो तरङगका सुमन गुरुङ सवार मोटरसाइललाई विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकलले ठक्कर दिएको हो ।ठक्करपछि दुबै मोटरसाइकलमा सवार चारै जना घाइते भएका छन् । घाइते भएका पत्रकार उमेश पुन र सुमन गुरुङको मनिपाल शिक्षण अस्पतालमा उपचार भएको छ ।पुनको दाहिने हात भाचिएको छ भने अनुहारमा चोट लागेको छ । त्यसै गरि गुरुङको अनुहारमा चोट लागेको छ भने एउटा दाँत समेत भाचिएको छ ।पुनको हात अप्रेसन गरेर स्टिल राखेको छ । ठक्कर दिने मोटरसाइकलका दुबै जना मध्य एकको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र अर्कोको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->