शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१८ औँ आहारारा गोल्डकपको मिति तय

१८ औँ आहारारा गोल्डकपको मिति तय


  • Dhorpatan News
  • माघ १९ २०७६, आइतबार

पोखरा,१९ माघ – पोखराकै चर्चित अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आहारारा गोल्डकपको १८ औ संस्करणको मिति तय गरिएको छ ।पोखरामा आयोजना हुने प्रतियोगिता फागुन चौथो साता देखि हुने भएको हो । पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) को तालिका अनुसार पोखरामा केहि दिनको फरकमा दुुई ठुला फुटबल प्रतियोगिता आयोजना हुदैँ आएको छ । आहारारा गोल्डकप र मनकामना केबलकार कप तर मनकामना केबलकार कप हुने नहुने अझै जानकारी नभएपनि एन्फाको तालिकमा भने मनकामना कप समेतको मिति तय गरिएको छ ।१८ औँ आहारारा गोल्डकप फुटबल प्रतियोगिता फागुन २२ गते देखि चैत्र १ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने छ ।पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिदैँ सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले एन्फाले खेल समय तालिका दिए संगै प्रतियोगिताको तयारी गरिएको जानकारी दिए ।सहारा एकेडेमी सञ्चालनार्थ आयोजना गरिएको प्रतियोगितामा विदेशी, ए डिभिजनका क्लबहरु, मोफसल तथा आयोजक गरी १० टिमको सहभागीता रहने उनले जाकारी दिए ।प्रतियोगिता सञ्चालन गर्न ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताबाट करिब १८ करोड १ लाख १ हजार रुपैँया आम्दानी हुने अनुमान गरिएको छ । एकेडेमीमा हाल १५ जिल्लाका २५ बालकहरु आश्रित रहेका छन ।आहारारा गोल्डकप फुटबल प्रतियोगितामा हाल १० टिमले मात्र सहभागीता जनाउने छन । एन्फाले मिति घटाँए संगै प्रतियोगितामा समेत टिम घटेको हो । सहारा क्लबले पुरस्कार राशि भने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->