आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा विश्वकप प्याराग्लाइडिङ आयोजना हुँदै

पोखरामा विश्वकप प्याराग्लाइडिङ आयोजना हुँदै


  • Dhorpatan News
  • माघ १९ २०७६, आइतबार

पोखरा,१९ माघ – पोखरामा आउँदो फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वल्र्डकप– एसियन टुर २०२० तथा १९ औँ नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । खेलपर्यटन प्रवद्र्धन गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उदेश्यले प्रतियोगिाता आयोजना गर्न लागिएको हो ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्डकप गर्ने तयारी गरिएको हो । यसअघि पोखरामै दुईपटक प्रि– वल्र्डकप प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना भइसकेको छ ।
प्याराग्लाइडिङ वल्र्डकपमा ३० राष्ट्रका १ सय २५ पाइलटको सहभागिता रहनेछ । नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम तथा चाइनिज ताइपेइबाट पाईलटहरुको सहभागिता रहने प्रतियोगिता संयोजक योगेश भट्टराईले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएी । संयोजक भट्टराईका अनुसार चीनबाट ११ जना पाईलटले प्रतिस्पर्धामा सहभागिता जनाउन आफनो नाम दर्ता गरिसकेका छन् । तर, पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण फैलिदैं गएको अवस्थामा चीनका पाइलटको सहभागितामा प्रश्नचिन्ह खडा भएको छ ।‘चीनियाँ पाईलटले क्यान्सिल गरिसकेको जानकारी आएको छैन’, उनले भने,‘अन्तिमसम्म निर्णयको प्रतिक्षामा छौं । अहिलेसम्म कन्फर्मकै अवस्था छ ।’

वल्र्डकपमा सहभागि हुने पाइलटले एफएआई(फेडेरेशन एरोनोटिक इन्टरनेशनल)बाट लाईसेन्स प्राप्त प्यारा पाईलटले मात्रै सहभागिता जनाउने पाउने उनले बताए । नेपाली सेनाका पाइलट सागर जलारीले प्रतिस्पर्धा गर्नेछन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि नेपाली सेनाले प्याराग्लाईडिङतर्फ चासो दिदैं आएको छ । प्रतियोगिता एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुने छ । क्रसकन्ट्रको लागि ७ टास्क पुूरा गर्नुपर्छ । फागुन ११ गतेदेखि १७ गतेसम्म हुने प्रतिस्पर्धाको क्रसकन्ट्रीमा मौसमी समस्या आएको अवस्थामा एउटै दिनमा पाइलटले पुरा गरेको टास्क अनुसार क्रसकन्ट्रीको विजेता छानिने प्रतियोगिताका व्यवस्थापक विमल अधिकारीले जानकारी दिए । उनी २०१८ मा इण्डोनेसियमा आयोजित एशियन गेम्समा नेपालले क्रसकन्ट्रीमा रजत पदक जित्दा कप्तानी भूमिकामा थिए ।

वल्र्डकप गर्नको लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारको सहकार्य रहनेछ । पाईलटको उद्दार एवं सुरक्षा व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । प्रत्येक दिनको टास्क पूरा गर्ने खेलाडीलाई उत्कृष्टताको आधारमा पदक प्रदान गरिने संयोजक भट्टराईले जनाए । प्रतिस्पर्धामा ओभरअल च्याम्पियनसिप खेलाडीसँगै दशौंस्थानसम्म आउने खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ । महिला र्फको विजेता एवं पाँचौसम्म आउने पाइलटको हकमा पनि ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । नेपाल हवाई खेलुकद संस्था(ना)का अध्यक्ष कृष्ण भण्डारीले हवाई रुट पर्ने ठाँउहरुमा समेत टास्क उडान गर्नुपर्ने भएकोले नागरिक उडड्यन प्राधिकरण समक्ष निवेदन दिइएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->