आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तीन दिनदेखि हराएका शिक्षक जैमिनीमा मृत फेला

तीन दिनदेखि हराएका शिक्षक जैमिनीमा मृत फेला


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७६, सोमबार

बागलुङ, २० माघ – पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका-८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गा बहादुर राना आइतबार मृत अवस्थामा फेला फेला परेका छन । उनी  बागलुङ जिल्लाको जैमिनी नगरपालिका-८ भडकुवामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
शिक्षण पेशकाका लागि जैमिनीमा डेरा गरी बस्ने ५५ वर्षीय राना माघ १७ गते पर्वत घरबाट अध्यापनका लागि जैमिनी आएपछि सम्पर्कविहिन थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार उनको शव सडक देखि केही तल बारीको कुनामा फेला परेको हो । शिक्षकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। धौलागिरी अञ्चल अस्पताल बागलुङमा शवको पोष्टमार्टम गरेपछि पछी आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->