आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अन्तर कलेज स्तरीय नृत्यको उपाधि अमृतलाई

अन्तर कलेज स्तरीय नृत्यको उपाधि अमृतलाई


  • Dhorpatan News
  • माघ २० २०७६, सोमबार

पोखरा,२० माघ – ह्याप्पी क्लब पश्चिमाञ्चल क्याम्पसद्वारा आयोजना गरिएको ‘अन्तर कलेज स्तरीय नृत्य प्रतियोगिता’ सम्पन्न भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा आयोजित प्रतियोगितामा कास्की र बाहिरबाट गरी २५ जना प्रतिस्पर्धी सहभागी थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीका अध्यक्ष एवं टार्गेट इन्टरनेशनल एजुकेसनका प्रवन्ध निर्देशक भुवन क्षेत्रीले युवा लक्षित एवं सिर्जनात्मक गतिविधिमा सक्रिय रहेर क्लबले काम गरेको भन्दै प्रशंसा गरे । ‘यस्ता गतिविधिले समाज रुपान्तरणमा भूमिका खेल्छ,’ उनले भने, ‘प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा योगदान पु¥याएको छ ।’आयोजक संस्था ह्याप्पी क्लबका अध्यक्ष कुशल पौडेलको अध्यक्षतामा भएको कार्र्यक्रममा क्लबका संस्थापक अध्यक्ष सुनिल थापाले आफ्नो लक्ष्य र उद्देश्यमा सधैं कटिबद्ध भएर लागिरहने र भोलिका दिनमा अझै नयाँ र सिर्जनात्मक कार्यक्रमहरु गर्दै जाने बताए ।टार्गेट इन्टरनेशनल एजुकेसन प्रा. लि. को मुख्य प्रायोजनमा हालै सम्पन्न भएको प्रतियोगितामा पि.एन. क्याम्पसका अमृत सुनारले प्रथम स्थान हासिल गरे । उनले पुरस्कार स्वरुप २० हजार रुपैयाँ नगदको सादमा ट्रफी, प्रमाणपत्र र बि टु डी डान्स एकेडेमीको तर्फबाट निःशुल्क प्रशिक्षण प्राप्त गरे । क्लबले विभिन्न कार्यक्रमहरू ल्याएर समाजसेवामा अग्रसर भइरहेको सचिव प्रकाश बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->