पोखरा,२० माघ – सरस्वति युवा क्लब रुपा गाँउपालिकाका -५ को १७ औ बार्षिक उत्सब सम्पन्न भएको छ ।वार्षिकोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगितामा ठकुरी समाज बावियो डाडा युवा प्रथम ,अन्नपुर्ण युवा क्लब दोस्रो र कालिका युवा क्लब तेस्रो भएको छ । प्रथम हुनेलाई ३५ हजार ५ सय ५५ , दोस्रोलाई २५ हजार ५ सय ५५ र तेस्रो लाई १५ हजार ५ सय ५५ सहित प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडिलाई कप , मेडल र प्रमाण पत्र दिएको थियो । ३ दिन सम्म सञ्काचालन भएको कार्यक्रममा रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा लगाएतले बोलेका थिए ।





