आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखराका सहकारीको अनुगमन सुरु

पोखराका सहकारीको अनुगमन सुरु


  • Dhorpatan News
  • माघ २० २०७६, सोमबार

पोखरा, २० माघ – पोखरा महानगरपालिकाले सहकारीको अनुगमन गर्न सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर कार्य क्षेत्र भएका सहकारीको अनुगमन गर्न महानगरपालिकाले सुरु गरेको हो ।वित्त सुशासन, संस्थागत सुशासन कायम गराई सहकारीको दीगो सञ्चालन, स्तरीकरण, एक रुपता, वर्गाीकरणमा सहयोग गर्ने नीति, विधि र प्रविधिमा सहयोग गर्न सहकारीको अनुगमन थालिएको पोखरा महानगरपालिकाको सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए । उनका अनुसार सहकारीको वास्तविक अवस्थाको पहिचान, तथ्यांक संकलन, सहकारी ऐन, नियमावली लागू, सम्पत्ति शुद्धीकरण निर्देशिका र समसामयिक कानुनको पालना सम्बन्धमा सहकारी संस्थाको विश्लेषण गर्न अनुगमनले सघाउने अधिकारीले बताए ।

पहिलो चरणमा ५० वटा सहकारीको अनुगमन गरिने र अनुगमन गर्न ५ वटा टिम बनाइएको अधिकारीले बताए । सोमबार पोखरा ३ मोहोरिया टोलमा रहेको करुणा बचत तथा ऋण सहकारी संस्था र पोखरा १ को समावेशी बचत तथा ऋण सहकारी संस्थामा अनुमगन गरिएको सहकारी शाखाका अधिकृत अर्जुन नेउपानेले बताए । सोमबार सहकारी विज्ञ ज्ञानबहादुर कार्कीको संयोजकत्वमा सहकारी समितिका सदस्य तथा वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, सहकारी शाखाका नउपानेको टिमले अनुमगन गरेको हो ।

५० वटा सहकारीको अनुमगन गरेपछि प्रतिवेदन तयार गरिने सहकारी सदस्य गुरुङले बताए । विशेष गरी सहकारीमा वित्तीय अनुशासन, संस्थागत सुशासन अवस्था र सहकारीको मर्म र उद्देश्य अनुरुप सञ्चालन भएका छन् कि छैनन् त्यसबारे अनुगमन गरिने छ । सहकारी संस्थाको योदानको कदर गर्दै स्थानीय विकासको साझेदार बनाउने, असल काम गर्ने संस्था र व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने, गलत कार्य गर्ने संस्था वा व्यक्तिलाई कानुनी दायरमा ल्याई सुसंस्कृति सहकारी क्षेत्र निर्माण गर्ने उद्देश्य अनुगमनको रहेको सहकारी विज्ञ ज्ञानबहादुर कार्कीले बताए ।

पोखरा महानगरमा सूचीकृत नभएका सहकारीलाई सूचीकृत गर्न पनि अनुगमनले सघाउने भनाइ महानगरपालिकाको छ । पोखरा महानगरपालिका ३ सय ५७ वटा सहकारी रहेका छन् । सहकारीको दर्ता, अनुगमन, निरीक्षण तथा व्यवस्थापन गरी सुशासनयुक्त र दीगो सहकारी निर्माणको लागि महानगर सहकारी नियमावली अनुसार अनुगमन थालिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->