आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बगैँचा टोल विकासद्धारा धुप बनाउने तालिम

बगैँचा टोल विकासद्धारा धुप बनाउने तालिम


  • Dhorpatan News
  • माघ २० २०७६, सोमबार

पोखरा,२० माघ – पोखरा महानगरपालिका वडा नं ६ बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थाले सदस्यहरुका लागि दुई दिने अगरबत्ती धुप बनाउने तालिम प्रदान गरेको छ । माघ १८ र १९ गते सञ्चालन भएको तालिममा ५० जना सहभागि भएका थिए । उनीहरुलाई सविना रानामगरले सिन्के धुप बनाउन सिकाएकी थिइन् । समापन समारोहमा वडाध्यक्ष जगतबहादुर पहारीले सीप सिके आय आर्जनका कार्यमा लाग्दै स्वरोजगार बन्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति बलराम गिरी, समाजसेवी गणेशबहादुर ढकाल, वडा सदस्य राममाया विक, नागरिक समाजका विष्णुहरि अधिकारी,टोल विकास संस्थाका अध्यक्ष मीना ढकाल, सचिव रेणु लामिछाने, सल्लाहकार बासु बराल लगायले तालिमबाट सिकेका विषयहरुलाई आयआर्जनमा लगाउनुपर्नेमा जोड दिए ।
तालिममा सहभागिहरुले तालिममा सिकेको ज्ञान सीपलाई आम्दानी हुने क्रियाकलापमा लगाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत टोलमा सरसफाइ, स्थास्थ्य सचेतना कार्यक्रम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आएको संस्थाका सदस्य चन्द्रकला पहारी(घिमिरे) ले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->