बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उत्तरी अन्नपूर्ण आधारशिविर जाने नयाँ पदयात्रा मार्ग

उत्तरी अन्नपूर्ण आधारशिविर जाने नयाँ पदयात्रा मार्ग


  • ढोरपाटन संबाददाता
  • माघ २१ २०७६, मंगलबार

नारच्याङ (म्याग्दी ),२१ माघ – आजभन्दा ७० वर्षअघि अर्थात् सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । ८ हजार ९१ मिटर अग्लो हिमाल चढेर उनले संसारकै पहिलोपटक ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने किर्तिमानी पनि कायम गरे । उनले अन्नपूर्णको उत्तरी मोहोडाबाट आरोहण गरेका थिए । उनी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङ हुँदै उकालो लागेका थिए । उनै मौरिस हर्जोग हिँडेको बाटो कालान्तरमा भने छायाँमा प¥यो । कास्कीतिरको अन्नपूर्ण बेसक्याम्पको चर्चामा पुरानो बाटो पुरियो । हिमाल आरोहीहरु हेलिकोप्टर चढेर अन्नपूर्णको उत्तरी आधारशिविर पुगे पनि सो पदयात्रा मार्गमा अन्य पर्यटक भने खासै गएनन् ।
हो, यही छायाँमा परेको पदयात्रा मार्ग ब्युँताउने प्रयास थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले अन्य संघ÷संस्थाहरुसँगको सहकार्यमा सो पदयात्रा मार्गको नक्सा तयार गरिएको छ । अघिल्लो वर्ष गाउँपालिका, टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल ( टान )पश्चिमाञ्चल, नेपाल पर्यटन बोर्ड तथा अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा सो पदयात्रा मार्गको खोजि गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख दमबहादुर पुनका अनुसार पदयात्रा तल्लो नारच्याङबाट सुरु हुन्छ । त्यहाँबाट २ घण्टाको हिँडाइमा उपल्लो नारच्याङ अर्थात् लेकगाउँ पुगिन्छ । त्यो नै यो क्षेत्रको अन्तिम मानवबस्ती हो । त्यहाँबाट यो पदयात्रा मार्गमा क्याम्पिङ सुरु हुन्छ । पहिलो बास कालोखोलामा हुन्छ भने छोटेपा अर्को क्याम्प हुनसक्छ । त्यसपछि छोटेपा, सन्धिखर्क,भुस्केट मेला हुँदै ४ हजार १ सय ९० मिटरमा रहेको आधारशिविर पुग्न सकिन्छ । बसन्त ऋतुमा यो पदयात्रा उपर्युक्त हुने उनले बताए ।
‘हामीले यो पदयात्रामार्गको नक्सा बनाएका छौँ, मानवबस्ती नभएको यो क्षेत्र क्याम्पिङ गर्ने पर्यटकहरुको लागि सबैभन्दा राम्रो हो’, अध्यक्ष पुनले भने,‘ यो पदयात्रामा आवश्यक पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले ४० लाख दिने कुरा भएको छ, हामी त्यो पैसाले बाटोमा आवश्यक भौतिक निर्माण गर्छौ ।’ अभियानमा गाउँपालिकाले पनि लगानी गर्ने उनले बताए । बेसक्याम्पबाट अन्नपूर्णसहित निलगिरी, तिलिचो, बराहशिखरसहित १८० डिग्रीमा हिमाल देख्न सकिन्छ । बेसक्याम्पमा रहेको नारच्याङ तालले पर्यटकहरुलाई अझ बढी रोमाञ्चित बनाउने छ । यो पदयात्रा एकहप्ते रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->