आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

माघ १३ गतेदेखि ठप्प पिएन क्याम्पस आजबाट खुल्यो

माघ १३ गतेदेखि ठप्प पिएन क्याम्पस आजबाट खुल्यो


  • ढोरपाटन संबाददाता
  • माघ २१ २०७६, मंगलबार

पोखरा,२१ माघ -माघ १३ गते देखि पठनपाठन ठप्प भएको पृथ्वीनारायण क्याम्पस आजबाट खुलेको छ । आफ्नो श्रम शोषण भएको भन्दै आन्दोलन गरिरहेका पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापक र क्याम्पस प्रशासनबीच सोमबार साँझ भएको वार्तामा सहमति भएपछि क्याम्पस खुलेको हो । उनीहरुको बिचमा २०६३ साल देखि आंशिक रुपमा कार्यारत शिक्षकहरुलाई आवश्यकता औचित्यता पुष्टी हुने गरी पारर्दशिता निष्पक्षता र सर्वमान्य सिद्धान्त अनुसरद गरी तिस (फागुन २० गते ) भित्र कार्यनयन गरी मासिक वेतनको सोही प्राध्यापकहरुलाई सिनेटको बसने पहिलो वैठकबाट करारमा लौजाने गरी समझौता भएको छ । क्याम्पस प्रशासनले यो समस्या समाधानको लागि विश्वविद्यालय गुहारेको थियो । समस्याबारे बुझ्न त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको प्रतिनिधित्व गर्दै ३ सदस्यीय टोली पोखरा आएको थियो । विश्वविद्यालयबाट आएका ओम बराल, कृष्ण आचार्य र बाबुराम दाहालसहित क्याम्पस प्रशासन एवं आन्दोलनरत आंशिक प्राध्यापकहरु बीच भएको सहमति अनुसार आंशिक प्राध्यापकहरुलाई ३० दिन भित्र करारमा नियुक्त गर्ने सहमती भएको छ । उता त्रिभुवन विश्वविद्यालयले यो समस्या समाधान गर्न छुट्टै टास्कफोर्स बनाउने तयारी पनि थालेको छ । आशिंक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले बताए । क्याम्पसमा करारसहितका ३ सय २० जना स्थायी प्राध्यापक छन् भने २ सय १८ जना आंशिक प्राध्यापक छन् । विश्वविद्यालयले नै आंशिक प्राध्यापक राख्ने प्रावधान राखेको हो । आंशिकले एक पिरियड पढाएवापत ३ सय रुपैयाँ पाउँछन् । अहिले क्याम्पसमा झण्डै १० हजार विद्यार्थी पढ्दैछन् । कलेजले विभिन्न १९ वटा विषयमा डिग्रीको क्लास चलाउँछ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बेलाबेलामा प्राध्यापकहरु माग गर्छ । केही समयअघिसम्म विश्वविद्यालयले कयौँ वर्षसम्म पनि प्राध्यापकको माग नै गरेन । नियमानुसार प्रत्येक ६–६ महिनामा आयोगले शिक्षक माग गर्नुपर्छ । तर, वेथितिले गाँजेको विश्वविद्यालय त्यो आवश्यकता महशुस गरेन । ३ –४ वर्षमा मात्रै विज्ञापन निकाल्दा धेरै प्राध्यापकहरुले सेवा आयोग जानै पाएनन् । पछिल्लो समय भने केही सुधार भएको छ । वर्षको एकपटकजसो विश्वविद्यालयले विज्ञापन निकाल्न थालेको छ । प्राध्यापक हुन लोकसेवा उत्तीर्ण हुनैपर्छ । तर, आयोग नै नखुल्दा प्राध्यापक हुनेहरुले लोकसेवा लड्नै पाएनन् । विश्वविद्यालयले कति प्राध्यापक आवश्यक छन् भन्ने नहेरेर सीमित सिटमा मात्रै विज्ञापन निकाल्नाले पनि धेरैको प्राध्यापक हुने रहर पूरा नभएको हो । क्याम्पस प्रसाशन, त्रिभुवन विश्वबिद्यालयका प्रतिनिधिहरु र प्राध्भ्यापकहरु सँग सम्बन्धित संघ संगठनहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->