पोखेरा,२१ माघ – रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को आयोजनामा १२ औं डिष्ट्रिक कन्फरेन्स पोखरामा आयोजना हुने भएको छ । आगामी माघ २४ गतेदेखि २६ गतेसम्म डिष्ट्रिक कन्फरेन्स आयोजना गरिएको मंगलवार पत्रकार भेटघाट कार्यक्रम गरि आयोजकले जानकारी दिएको छ । डिष्ट्रिक कन्फरेन्समा नेपाल ,भूटान ,भारत ,जापान ताइवान ,अमेरिका तथा स्वीडेन लगाएतका मुलुकबाट २५ सय बढी प्रतिनिधि सहभागी हुने कन्फरेन्स चेयर गोपाल ध्वजूले जानकारी दिए । कन्फरेन्समा विभिन्न क्लवले सम्पन्न गरेका सामाजिक सेवाको सूचनामूलक प्रस्तुति ,सहभागीहरुविच फेलोसीप ,विभिन्न विषयका विज्ञ वक्ताहरुको प्रस्तुति रहने ध्वजूले जानकारी दिए ।वक्ताहरुमा सहाना प्रधान ,मदनकृष्ण श्रेष्ठ ,हरिबंस आचार्य ,सरूभक्त ,समता निकेतनका सस्थापक उत्तम संजेल लगाएत सहभागी हुँदै छन । नेपाल भ्रमण वर्षलाई समेत प्रबर्धन गर्ने गरि माघ २३ गते काठमाडौंदेखि पोखरासम्म कार र्याली आयोजना गरिएको उनले बताए । सोही दिन पोखरा रङ्गशालामा गभानर्स सिक्स कप क्रिकेट खेल आयोजना गरिएको र खेलामा नेपाल भरका रोटरीयन खेलाडीको सहभागिता रहने कन्फरेन्स चेयर ध्वजूले जानकारी दिए । कन्फरेन्समा रोटरी इन्टरनेशनलका प्रेसिडेण्ट नोमिनी मेखर महतो प्रमुख अथिति रहने कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली ,पर्यटन मन्त्री योगेश भट्टराई ,गण्डकी प्रदेसका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगाएतको सहभागिता रहने आयोजकले जनाएको छ ।





