आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सुख्खा पहिरोले रोकिएको करिडोर खुल्यो

सुख्खा पहिरोले रोकिएको करिडोर खुल्यो


  • Dhorpatan News
  • माघ २२ २०७६, बुधबार

बागलुङ,२२ माघ – सुख्खा पहिरोका कारण बुधबार बिहानदेखि अबरुद्ध कालिगण्डकी करिडोरको बागलुङ खण्ड अन्तरगत मालढुंगा–टाकुरी सडक खण्ड सञ्चालनमा आएको छ । बागलुङ–कुश्मीशेरा सडक खण्डमा कालोपत्रेको काम गरिहेको कर्ण विल्डर्सले डोजर प्रयोग गरि पहिलो पन्छाए पछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिका– १३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो । सडक खुले सँगै सवारी आवागमनमा सहजता आएको प्रहरी निरिक्षक दिपक रिजालले बताए । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीका साधन रोकिएका थिए । बागलुङ– कुश्मीशेरा कृषि सडक कालोपत्रेको काम चलिरहेको र मालढुंगा–लहरेबर–गिठे– कुश्मीशेरा खण्डमा समेत सडक ढलानको काम भैरहेकाले वैकल्पीक मार्ग समेत थिएन् । करिडोरमा पहिरोको अबरोध र अन्य सडकहरुमा निर्माण कार्य भैरहँदा सर्वसाधारणले सास्ती पाएका थिए । बिहान देखि रोकीएका सवारीलाई दिउँसो ४ बजेदेखि सहज आवात जावत भएको रिजालले बताए । भीरालो जमिन रहेको उक्त स्थानमा बेला बेलामा सुख्खा पहिरो जाने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->