आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘एउटा मान्छेको कामले कति…फरक पार्दछ, निर्माणमा ..’

‘एउटा मान्छेको कामले कति…फरक पार्दछ, निर्माणमा ..’

जिल्ला प्रशासन कार्यालय बागलुङको आफ्नै भवन २०७६ को माघमा आएर सम्पन्न हुने चरणमा रहेको छ ।


  • ढोरपाटन संबाददाता
  • माघ २३ २०७६, बिहिबार

बागलुङ,२३ माघ – २०७० फागुनमा २ वषभित्र काम सक्नेगरी थालनी भएको जिल्ला प्रशासन कार्यालय बागलुङको आफ्नै भवन २०७६ को माघमा आएर सम्पन्न हुने चरणमा रहेको छ । भवनमा सिसि क्यामेरा जडान, तातोचिसोका लागि एसी जडान, केही झ्याल ढोका र बगैंचाको काम मात्रै बाँकी छ । लामोसमय निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्रजस्तै रहेको भवन निर्माणको कामले भर्खरै मात्र सरुवा भएर गृहमन्त्रालय जान लागेका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको निरन्तरको दवावले गति लिएको थियो । निर्माणको जिम्मा लिएको जयबाबा गोरख संयुक्त निर्माण कम्पनीको म्याद नै थप नभएपछि निर्माणको कामलाई तीव्र बनाएर हस्तान्तरणको चरणमा पु¥याएको हो ।
जिल्लाको प्रशासनिक केन्द्रको प्रमुखका रुपमा बैशाख २० गते बागलुङ आएदेखि प्रजिअ क्षेत्रीले आफ्नै भवनमा कार्यालय सारेर फर्किने अठोट गरेका थिए । सोही अनुसार निर्माण कम्पनीलाई निरन्तर खवरदारी गरिरहेका क्षेत्रीले आफनो कार्यकालमा भवनका बाँकी काम अन्तिम चरणमा पुगेको देख्न मात्रै पाए । कार्यालय सार्ने काम भने गर्न पाएनन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) परियोजनाको स्रोत केन्द्र उद्घाटनका दिन एक महिना पहिले उनले पत्रकारहरुसँग भनेका थिए, ‘मैले अलपत्र भवनहरु बनाउन प्रयास गरेका धेरै जिल्लाका उदाहरण छन् तर सम्पन्न भैसकेर सर्ने बलामा छोडेर हिँड्नु पर्ने अवस्था आउने गरेको छ ।’ दर्जन बढी जिल्लामा काम गरिसकेका क्षेत्रीको यो भनाई बागलुङमा पनि लागु भएको छ । उनले आफ्नो नौ महिने कार्याकाल नेपाल रेडक्रस सोसाइटीको भवनमाबाटै कार्यालय सञ्चालन गरेर शुक्रबार गृहमन्त्रालयमा जाँदैछन् । गोरखा सरुवा भएर काजमा गृहमन्त्रालय जान थालेका क्षेत्रीलाई बुधबार बागलुङमा बिदाई गरिएको छ । राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको बिदाई कार्यक्रममा सहभागिहरुले प्रशासनकै भवन, निर्वाचनका बेला उनले खेलेको भूमिका, बिपद् व्यवस्थापनमा देखाएको सक्रियता, सडकमा भएको भाडाको ज्यादती अन्त्यका लागि गरेको प्रयास लगायतका कामको बिषयमा प्रशंसा गरे । ‘समन्वयकारी हुनुहुँदो रहेछ त्यसैले उप निर्वाचनका बेला दलहरुको बिचमा बिबाद र तनावहरु आएनन्’ राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले भने ‘दलहरु भिड्ने कर्मचारीका कारण हो । कर्मचारी समन्वयकारी भए समस्या हुँदैन। प्रजिअ क्षेत्रीले शिविरमार्फत वितरण भएका नागरिकतादेखि दैनिक कार्यसम्पादनमा आएका सुधारको फेहरीस्त सुनाएका थिए । कार्यक्रममा दलका प्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधिहरुले उनको बाँकी कार्यकालको लागि शुभकामना दिए । क्षेत्री सरकारले आइतबार गरेको १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासँगै गृहमन्त्रालय जान थालेका हुन् । क्षेत्रीले बागलुङमा सबैको माया सद्भाव र सहयोगले गर्दा यहाँको कार्यकाल सुखद भएको बताए । उनले बागलुङका सबै जनता, राजनीतिक दल लगायत बसैले आफूलाई कार्यसम्पादनमा सहयोग गरेको स्मरण गरे । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गानाले क्षेत्री बागलुङ प्रमुख जिल्ला अधिकारी भएर कामगर्दा सबैसँग समन्वय गरेर काम गरेको भन्दै प्रशंसा गरे । उनले जिल्लाको शान्ति, सुरक्षा, विपद् व्यवस्थापन र जनतालाई प्रदान गर्ने सेवा सुविधामा क्षेत्रीले प्रभावकारी ढंगले काम गरेको बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का धनबहादुर परियार, नेपाली कांग्रेसका उमेश गौतम, राष्ट्रिय जनमोर्चाका अम्मर थापा, नेपाल पत्रकार महा संघ बागलुङका अध्यक्ष दिल शिरीष, रेडक्रसका जब्बरबहादुर लामिछाने, उपभोक्त मञ्चका शैलेन्द्रकुमार श्रेष्ठ लगायतले क्षेत्रीको कामको प्रशंसा गरेका थिए । कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->