आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनआईसी एसियाका ग्राहकलाई उपचार खर्च हस्तान्त्रण

एनआईसी एसियाका ग्राहकलाई उपचार खर्च हस्तान्त्रण


  • ढोरपाटन संबाददाता
  • माघ २३ २०७६, बिहिबार

बागलुङ,२३ माघ – एनआईसी एसिया बैंक लिमिटेड बागलुङले आफ्ना ग्राहकको उपचार खर्च उपलव्ध गराएको छ । बैंकमा ‘न्यू सुपर चमत्कारीक तलव खाता’ रहेका आफ्ना ग्रहकलाई दुर्घटना पछिको उपचार खर्च उपलव्ध गराएको हो । बैंकले बिहिबार धौलागिरी लघुबित्त बित्तिय संस्थामा कार्यरत दुर्गा बहादुर थापालाई उक्त रहम उपलव्ध गराएको जनाएको छ । मोटरसाईकल दुर्घटनामा परि घाईते भएका थापाको उपचार खर्च बापतको रकम २३ हजार ९ सय ४४ रुपैयाँ उपलव्ध गराईएको बैंकका शाखा प्रबन्धक सान्तोषराज शर्माले बताए । कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उप प्रादेशिक कार्यालय बागलुङका प्रमुख संकर केसीले उक्त रकमको चेक हस्तान्त्रण गरेका थिए । ‘न्यू सुपर चमत्कारीक तलव खाता’ हुने ग्राहकलाई सुविधा स्वरुप बैकले रकम दिएको बागलुङमा यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->