गलकोट,२३ माघ – गलकोट कला प्रतिष्ठानको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले गर्ने भएका छन । आगामी फागुनको ५ देखि गलकोटमा सञ्चालन हुने कार्यशालाको उद्घाटनकार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङको प्रमुख आतिथ्यतामा सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णब हादुर रानाले जानकारी दिए । साथै सो अबसरमा मुख्यमन्त्री गुरुङले पहाड घुम्टेमा रहेका सिद्ध भैरबको मन्दीरको दर्शन गर्ने कार्यक्रम समेत तय भएको प्रतिष्ठानका सदस्य योगेश भण्डारीले जानकारी दिए ।
आगामी फागुनको ५ देखि गलकोटमा सञ्चालन हुने कार्यशालाको तयारी समेत तिब्र पारिको छ । कार्यशालामा आजिबन सदस्य बन्न चाहानेहरुलाई सदस्यता समेत खुलाइएको छ कार्यशालाका लागि ११ देशका १५ जना मुर्तिकार गलकोट आउने भएका छन् । अन्तराष्ट्रिय मुर्तिकार फागुन २ गते नेपाल आउने र फागुन ३ गते काठमाडौबाट पोखरा आउने र कार्यशालाको बारेमा जानकारी गराउने, र फागुन ४ गते बागलुङ आउने र प्रमुख जिल्ला अधिकारी जिल्ला सम्वन्य समिति लगायतका संम्बद्ध संघ संस्था र पे्रस प्रतिनिधिहरु सँग साक्षात्कार गरि फागुन ५ गते अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको विधिवत् रुपमा उद्घाटन गरिने प्रतिष्ठानले जनाएको छ ।
कार्यशाला गलकोटमा साँस्कृतिक एवम् नयाँ पर्यटकिय गन्तव्य निर्माण गर्ने, अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाद्धारा खुल्ला मुर्तिकला संङग्रहालय निर्माण गनर्,े ललितकला अध्ययन अनुसन्धान स्थलका रुपमा विकास गर्ने, कला सँस्कृतिको विकास प्रचार, संरक्षण र साँस्कृतिक पहिचान स्थापित गर्न र देशको आर्थिक सामाजिक एवम् पर्यटन विकासमा योग्दान पुयाउने उदेश्य सहित सञ्चालन गरिएको गलकोट कला प्रतिष्ठानका कोषाध्यक्ष याम बहादुर श्रीसले जानकारि दिए ।





