आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दुलही लिन गएको ट्याक्टर तमानको बुलबुलेमा दुर्घटना हुँदा तीनको मृत्यु, चारको अवस्था गम्भीर

दुलही लिन गएको ट्याक्टर तमानको बुलबुलेमा दुर्घटना हुँदा तीनको मृत्यु, चारको अवस्था गम्भीर


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७६, बिहिबार

बागलुङ, २३ माघ – बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका-१ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो । दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । म्याग्दीको मालिका गाउँपालिका-२ का ४८ वर्षीया मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि जिल्ला सदरमुकाम वा पोखरा पठाउने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार अरू ७ जनाभन्दा धेरै सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। झण्डै ३५ जना सवार ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ। विस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->