शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पञ्चकोट युवा समाजले गर्यो महाशिवरात्री मेलाको आयोजना

पञ्चकोट युवा समाजले गर्यो महाशिवरात्री मेलाको आयोजना


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७६, शनिबार

बागलुङ, २५ माघ – ‘समाज विकास र सम्वृद्धिमा युवाहरुको भुमिका’ भन्ने नारा सहित बानपा-६ सिममा स्थापना गरिएको पञ्चकोट युवा समाजले महाशिवरात्री मेला २०७६ आयोजना गरेको छ । पर्यटन बर्ष २०२० लाइ लक्षित गरि आगामी फागुन ८ देखि १० गते सम्म प्रथम महाशिवरात्री मेला आयोजना गरिएको अध्यक्ष खिम वहादुर क्षत्रीले जानकारी दिए ।
मेलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा टोल स्तरीय पुरष तथा महिला रस्साकस्सी, घैटोफोर, म्युजिक चियर लगायतका प्रतियोगिताहरु आयोजना गरिएको प्रचार समितिका संयोजक रमेश केसीले वताए । कार्यक्रम स्थानीय भगवती भगवाती प्राविको खेल मैदानमा हुनेछ ।
मेलाको अवसरमा कलाकारहरु लोक गायक कुलेन्द्र विक र गायिका भुमिका गिरी, गायक गणेश पौडेल, रवि कार्कि र दिपेन थापाको प्रस्तुती रहने छ । देशविदेशमा रहेका युवाहरुलाई एकताको सुत्रमा बाँधेर समाज सेवामा आकर्षित गर्ने उदेश्य सहित पञ्चकोट सेवा समाज स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->