आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जैमिनीले बाँड्यो छात्राहरुलाई सेनेटरी प्याड

जैमिनीले बाँड्यो छात्राहरुलाई सेनेटरी प्याड


  • Dhorpatan News
  • माघ २७ २०७६, सोमबार

बागलुङ, २७ माघ – महिनावारीको समयमा बिद्यालय तहका छात्राहरुमा हुने समस्या समाधान गर्ने भन्दै जिल्लाको जैमिनी नगरपालिकाले सेनेटरी प्याड वितरण थालेको छ । नगरका सबै बिद्यालयमा पुग्नेगरी पालिका मुकाम रहेको कुश्मीशेरास्थित शान्ति माध्यमिक विद्यालयबाट प्याड वितरणको काम थालिएको हो । आईतबार नगर उपप्रमुख लिला रानाले शान्ति माध्यमिक विद्यालयका छात्राहरुलाई प्याड वितरण गर्दै अभियानको थालनी गरेका थिए । सरकारले सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पारित गरेको दुई महिनापछि जैमिनी नगरपालिकाका छात्राले सेनेटरी प्याड प्राप्त गर्न थालेका हुन् । चालु आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने गरि सरकारले बजेट विनियोजन गरेपनि कार्यबिधि निर्माणमा ढिलाई भएका कारण विद्यार्थीले प्याड पाएका थिएनन् । ढिलो गरि कार्यादेश आएकाले वितरणको काममा पनि ढिलाई भएको शिक्षा शाखा प्रमुख खेम आचार्यले बताए । ‘हामीले यो पवित्र काम थालेका छौं यसले छात्राहरुमा महिनावारीको समयमा विद्यालयनै छाड्नुपर्ने वातावरणको अन्त्य हुन्छ’ उपप्रमुख रानाले भने ‘असुरक्षित उपाय अपनाएर बिभिन्न संक्रमणको सिकार भएका छात्राहरुले अब सहज हिसावले प्याडको प्रयोग गर्न पाउने छन् ।’
जैमिनी नगरपालिकाले आधारभुत र माध्यमिक तह सञ्चालनमा रहेका २२ विद्यालयमा प्याड पु¥याउने योजना बनाएको छ । नगरभरि रहेका सामुदायीक विद्यालयका एक हजार सात सय ८७ जना छात्रालाई प्याड उपलव्ध गराईने छ । सबै छात्राले प्रतिमहिना १६ वटाको दरले प्याड पाउने शिक्षा शाखाले जनाएको छ । ‘महिनावारीको समयमा हरेक ६ घण्टामा प्याड परिर्वतन गर्नुपर्ने हुन्छ भन्ने छ, दैनिक ४ वटाका दरले महिनाको १६ वटाका दरले वितरण गर्ने योजनामा छौं’ शिक्षा शाखा प्रमुख आचार्यले भने ‘यो अभियानमा साथ दिने शिक्षकहरुले हो हामीले सबै शिक्षकहरुलाई आग्रह गरेका छौं ।’ सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने गरि १ अर्ब २७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->