आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नहरले बगाउदा ग्वालीचौरमा ४ बर्षिया बालिकाको मृत्यु

नहरले बगाउदा ग्वालीचौरमा ४ बर्षिया बालिकाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७६, सोमबार

बागलुङ, २७ माघ – जिल्लाको बडिगाड गाउँपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बडिगाडको वडा – ५ ग्वालीचौरमा  ४ वर्षीया सिजन विकको मृत्यु भएको हो । घर नजिकै आफ्नी आमासँग भाडा धुन गएका समयमा स्थानीय ग्वालीचौर जलविद्युत आयोजनाको नहरमा खसेपछि बालिकालाई २ सय मिटर तल बगाएको थियो । तत्कालै उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->