आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जैमिनीको छैटौं नगरसभा

जैमिनीको छैटौं नगरसभा


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७६, मंगलबार

बागलुङ, २८ माघ – जिल्लाको जैमिनी नगरपालिकाको छैटौं नगरसभा बिभिन्न समितिहरुको गठन र कार्यबिधि पारित गर्दै सोमबार सम्पन्न भएको छ । नगरसभाले समपुरक कोष सञ्चालनमार्फत नगरका सबै वडामा महत्वका योजना सञ्चालन गर्ने कार्यपालिकाको निर्णय सर्वसम्मत पारित गरेको छ ।
त्यस्तै नगरका विकासे योजना सञ्चालनका लागि कार्यपालिकाले तयार गरेका दर्जन बढि कार्यबिधिहरु पारित भएको नगर उप–प्रमुख लिला रानाले बताए । छैटौं नगरसभाले बिधायन समिति, लेखा समिति र सुशासन समिति चयन गरेको छ । लामो समयदेखि चर्चामा रहेर बन्न नसकेका तीनवटै समितिलाई नगरसभाले पुर्णता दिएको हो । विद्यायन समितिको संयोजकमा प्रेम प्रसाद सापकोटा चयन भएका छन् । समितिको सदस्यहरुमा भैरब बहादुर छन्त्याल र मिना राना थापा रहेको रानाले बताए । सुशासन समितिको संयोजकमा देवेन्द्र पौडेल, सदस्यहरुमा केन्द्र रसायली र शान्तकला शर्मा तथा लेखा समितिको संयोजकमा बुद्धि बहादुर थापा र सदस्यहरुमा छविलाल श्रीष राना, कुमारी राना थापा चयन भएका छन् । नगरसभालाई समबोधन गर्दै नगर प्रमुख इन्द्रराज सापकोटाले आर्थिक बिकास र सामाजिक विकासको गतिमा जैमिनी सन्तुलित हिसाबले अघि बढेको बताए । हिउँदे अधिबेशनको रुपमा लिईने यो नगरसभाले कुनै ऐन तथा नियमावली भने पारित गर्नु परेन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->