मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दे गापाका सामुदायिक विद्यालयलाई ५ हजार सेनेटरी प्याड

म्याग्दे गापाका सामुदायिक विद्यालयलाई ५ हजार सेनेटरी प्याड

गाउँपालिका अध्ययक्ष माया देवी राना आले र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण गरे ।


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७६, मंगलबार

तनहुँ, २८ माघ – जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका १० विद्यालयलाई मंगलवार सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिका भित्र रहेका १० सामुदायिक विद्यालयलाई ५ हजार १ सय ७० थान सेनेटरी प्याड वितरण गरिएको हो।
म्याग्दे गाउँपालिका अध्ययक्ष माया देवी राना आले र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सयुक्त रुपमा सेनेटरी प्याड विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकलाई हस्तान्तरण गरे । विद्यालयमा अध्ययनरत छात्राहरु महीनावारीको अवस्थामा कक्षामा नियमित उपस्थीति हुन कठिनाई भएकोले उनीहरुको कक्षा नियमितताको लागी सहज हुने उदेश्यका साथ यो कायक्रम लागु गरिएको हो।
मीन माध्यमिक विद्यालयमा १५ सय प्याड, राधा माध्यमिक विद्यालय ११ सय ७० प्याड, महेन्द्र माध्यमिक विद्यालय ७ सय प्याड, जनगणपती माध्यमिक विद्यालय ७ सय प्याड, विजय आधारभुत विद्यालय १ सय प्याड, गणेश माध्यमिक विद्यालय ३ सय प्याड, रत्न माध्यमिक विद्यालयमा ३ सय प्याड, प्रभा आधारभुत विद्यालय २ सय प्याड, अकला आधारभुत विद्यालय १ सय प्याड, पसले आधारभुत विद्यालय १ सय प्याड हस्तान्तरण गरिएको म्याग्दे गाउँपालिकाका प्रशासन शाखाका प्रमुख प्रदिप न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेका अनुसार सेनेटरी प्याड वितरणवाट विद्यालयमा अध्ययनरत छात्राहरुको कक्षा नियमित भई अध्ययन अध्यापनमा सहजता हुनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->