बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेवि संघले हार्छु भनेर डर मान्यो : विवेक देवकोटा

नेवि संघले हार्छु भनेर डर मान्यो : विवेक देवकोटा


  • Dhorpatan News
  • माघ २९ २०७६, बुधबार

त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतका विश्वविद्यालयका विद्यार्थी संगठनलाई फागुन १४ मा निर्वाचित गर्नु÷गराउन मिति तोकेको थियो । फागुन १४ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मिति टरेको बताइएको छ ।
चुनाव हुने या नहुने संशयको बीचमा त्रिभुवन विश्वविद्यालयले चुनावको मिति तोकीरहँदा अनेक अड्कलबाजी पनि भए । त्रिभुवन विश्वविद्यालयले तोकेको मिति सर्नुले पनि चुनाव नहुने हो कि ? जस्तो भान पनि हुन्छ ।
विद्यार्थी संगठनहरु आफै भागबन्डामा नमिलिरहँदा चुनाव हुन्छ÷हुँदैन भनेर शंका गर्नु स्वभाविक पनि लाग्छ । विश्वविद्यालयमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको वरिपरी रहेको हाम्रा संवाददाता श्याम राना मगरले नेकपानिकट अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटासंग गरेको कुराकानीको अंश :

फागुनमा हुने भनेको स्ववियूको चुनाव हुने भनेर भनिएको थियो । चुनाव हुन्छ कि हुँदैन ? चुनावको तयारी कस्तो छ ?
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेको लागि निर्वाचनको मिति तोकेको थितो । फागुन १४ गते टरि हाल्यो । १ महिना पछि धकेलिएको छ । पुरानो नेवि संघको कार्यकाल सकिने बित्तिकै नयाँ चुनाव गर्नुपर्छ भन्ने मान्यताको आधारमा रहेर मात्रै घोषणा गरेको थियो । राजनीतिक दल निकटका विद्यार्थी संगठनसंग बसेरै चुनावको मिति तोकिएको हो । अब यो त्रिभुवन विश्वविद्यालयको अपरिपक्वता हो अथवा चुनाव गर्न नखोजेको हो ? अथवा अरु विद्यार्थी संगठनको बैठक बस्न नसकेको अवस्था हो ? त्यो त्रिभुवन विश्वविद्यालय जानोस् । फेरि, अर्को सूचना प्रकाशित गरेर कार्यतालिका प्रकाशित ग¥यो । सबै विद्यार्थी संगठनसंग बैठक पनि बसेको हो । तर, नेपाल विद्यार्थी संघ विगठित अवस्थामा रहेकाले, त्यसको कार्यसमिति नबनि सकेको हुनाले नेवि संघ उपस्थित भएन । नेवि संघले उपस्थित नभई सकेपछि टियुले प्रकाशित गरेको चुनावको कार्यतालिकामाथि बिमत्ति जनायो ।
अहिले आएर नेवि संघको एक लेभलको कार्यसमिति बनि सकेको छ । अनेरास्ववियु पहिलेदेखि चुनावको तयारीमा पहिलेदेखि थियो । अरु विद्यार्थी संगठन पनि तम्तयार अवस्थामा छन् । तर, नेवि संघले त्रिभुवन विश्वविद्यालयमा खालि रहेको रेक्टर पदमा कांग्रेसबाट नियुक्ति गर्नुपर्छ, त्यो पद कांग्रेसको हातमा पर्दैन भने हामी चुनाव गर्न दिइन्न भनेर, एउटा नियुक्तिमा लगेर नेवि संघको चुनावलाई अड्काएको छ । नयाँ कार्यतालिका ल्याउन नेवि संघ बाधक बन्यो । यसरी हेर्दा नेवि संघ चुनावमा नजाने जस्तो नै देखिन्छ । ऊ चुनावमा जान नखोज्नुको कारण हार्ने डर होला भनेर हामीले बुझेका छौं । चुनाव अन्यौलग्रस्त अवस्थाबाट अघि बढी रहेको छ । त्यही पनि अस्ति मात्रै अनेरास्ववियुका केन्द्रिय संयोजकले बढीमा एक महिना पछि सारेर भए पनि चुनाव गर्ने भनेर भन्नु भएको छ । त्रिभुवन विश्वविद्यालयका आन्तरिक बृद्धि विकासको लागि पनि स्ववियू चुनावको आवश्यक छ ।
चुनाव नहुँदा असर के कस्ता परेका छन् ?
स्ववियुको कुरा गर्दा २०२० सालदेखि चुनाव प्रक्रिया सुरु भएको हो । त्यो बेला पञ्चायती राज्य संस्थाले धरापमा पार्न खोज्यो । बीचमा राजतन्त्रले स्ववियूको जीवनलाई मार्न खोज्यो । अहिले ति दुबै छैनन् ।
दुई तिहाई बहुमतको सरकार भएको बेलामा स्ववियू चुनावको माध्यमबाट विद्यार्थीहरुले देशैभरका क्याम्पसमा विद्यार्थीहरुले आफूलाई राजनीतिकरण गर्ने, सामाजिकिकरण गर्ने, लोकतान्त्रिक, प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त बनाउँने संस्था (स्ववियू), क्याम्पस भित्रका रचनात्मक कामहरुबाट विद्यार्थीहरु बञ्चित बनेका छन् ।
जित्ने आधार के के छन् ?
पिएन क्याम्पसको हकमा कुरा गर्दा ११ वर्षदेखि स्ववियु चुनाव भएको छैन । हामीले पिएन क्याम्पसमा परम्परागत विषयको पठनपाठन भयो । हामीले नयाँ पाठ्यक्रम भित्राउनेदेखि छात्रवृति बढाउँने र पिएन क्याम्पसलाई गुणस्तरिय विश्वविद्यालय बन्ने बाटोमा डोहो¥याउँछौं लगायतका मुद्दाहरु उठाई रहेका छौं । देशैभरका अन्य क्याम्पसमा पनि यि नै मुद्दा उठाएका छौं । पुरा पनि गरेका छौं । गुणस्तरिय शिक्षा वैज्ञानिकिकरण गर्न हामीले आवाज उठाउँदै आई रहेका छौं । विश्व बजारसंग प्रतिस्पर्धा गर्ने विषय थप्ने लगायतका हाम्रा मुद्दा छन् । पुरानै ढर्राबाट विश्वविद्यालय चल्दैन । वैज्ञानिक शिक्ष, प्राविधिक शिक्षा, नयाँ नयाँ विश्वविद्यालयको स्थापना नै हामीहरुको जोड हो । जित्ने आधार पनि यही नै हो ।
कतिपय कुरामा तपाईंहरु पार्टी निकट भएकै कारण पनि कम्र्पमाइज गर्नु परेको पनि होला । तर, विद्यार्थीको हक हितका कतिपय मुद्दामा तपाईंहरुले आवाज नउठाएको पनि देखिन्छ । विद्यार्थी संगठनहरु पार्टीको लागि लड्ने हो कि विद्यार्थीका लागि ?

अनेरास्ववियुको छुट्टै आफ्नै जीवन छ । आफ्नै जीवन भनेको के हो भन्दा स्वतन्त्र जीवन । हामीले समाज भित्र घट्ने जस्तो सुकै घटनाको विरुद्धमा आवाज उठाउँने हो । परिवर्तनको पक्षमा आवाज उठाउने हो । अनेरास्ववियुले हिजोदेखि आजसम्म गर्दै आएको काम पनि यही नै हो । हामीले अनेरास्ववियुको यो व्यक्तिगत जीवन चिनका छौं÷बुझेका छौं । यो आचरण पनि हामी कत्ति पनि पछि हटेका छैनौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->