आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विद्यामन्दिरमा आफ्नै बिज्ञापनको मर्म बिपरित लेखापाल नियुक्त

विद्यामन्दिरमा आफ्नै बिज्ञापनको मर्म बिपरित लेखापाल नियुक्त


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७६, बुधबार

बागलुङ,२९ माघ- कुनै पनि सरकारी निकायमा कर्मचारीको नियुक्ती गर्दा हुने बिज्ञापनमा महिला र पुरुषको उमेरहद फरक हुन्छ । महिलाको हकमा ४० बर्ष र पुरुषको हकमा ३५ बर्षको उमेरहद लोक सेवाले लिने अधिकांश परीक्षाहरुमा लागु हुने गरेको छ । सम्बन्धित बिषयको कर्मचारी छनौटका लागि गरिने बिज्ञापनहरुमा पनि उम्मेदवारले हाँसिल गरेको न्यूनतम योग्यता तोकिएको हुन्छ । सम्बन्धित पदका लागि मुल बिषय वा त्यो सँग सम्बन्धित तोकिएका बिषय अध्ययन गरेका उम्मेदवारले दरखास्त दिन पाउने व्यवस्था लोक सेवा आयोग तथा शिक्षा सेवा आयोग र सरकारी अन्य संस्थानहरुका बिज्ञापनहरुमा समेत उल्लेख भएको पाईन्छ । तर यहाँको एक बिद्यालयले लेखापाल नियुक्तिका लागि गरेको बिज्ञापनमा प्रचलित पद्धतीहरुको सामान्य भाषा समेत नबुझी उमेर हद र बिषय तोकेका कारण लेखापाल नियुक्तीपछि विद्यालय नै बिबादमा तानिएको छ । विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङ लेखापाल छनौटको बिषयलाई लिएर बिबादमा तानिएको हो ।
विद्यालयले लेखापाल नियुक्तिका लागि लेखा बिषय लिई कक्षा १२ उत्तिर्ण गरेका उम्मेदवारलाई आवेदन आव्हान गर्दै विज्ञापन गरेको भएपनि अर्थशास्त्र मुल बिषय भएकी उम्मेदवार छनौट भएपछि बिबाद सुरु भएको हो । लेखापालका लागि आवेदन दिएका पाँच जना उम्मेदवारमध्ये अर्थशास्त्र बिषयमा कक्षा १२ उत्तिर्ण गरेकी टुककुमारी शर्मालाई छनौट गरेको छ । लेखापालमा नियुक्ती पाएकी बागलुङ नगरपालिका–४ की टुककुमारीले बिद्यालयमा दिएको दरखास्तमा उल्लेख भए अनुसार उनको उमेर ४९ बर्ष भएको छ ।
लेखापाल छनौटका लागि बिषय बिज्ञको रुपमा बिद्यालयले बागलुङ नगरपालिकाका लेखा अधिकृत जव्वर बहादुर भण्डारी र विश्वकर्मा मा.वि.का लेखा शिक्षक गोविन्द सापकोटालाई छनौटको जिम्मेबारी दिएको थियो । परीक्षामा सहभागि उम्मेदवार नारायण गौतमले बिद्यालयले आँफैले गरेको बिज्ञापनको धज्जी उडाउँदै नियम मिचेको बताए । गौतमले न्याय पाउँ भनी विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई निवेदन समेत दिएका छिन् । लोक सेवा आयोगको प्रचलित नियम अनुसार महिलाको हकमा ४० बर्ष उमेर ननाघेको र लेखापालको लागि अर्थशास्त्र, गणित वा लेखा बिषयमा कक्षा १२ उत्तिर्ण गरेको उम्मेदवारले पनि सहभागिता जनाउन पाउने व्यवस्था छ ।
लोक सेवाको व्यवस्थाको बिषयमा जानकारी भए पनि विद्यालयको बिज्ञापन नै नहेरी परीक्षामा सहभागि भएका बिज्ञहरुले लेखापाल छनौट गरेका थिए । बिद्यालयले गत पौष १० गते स्थानीय दैनिक पत्रिकाहरुमा १५ दिने सुचना जारी गर्दै लेखा बिषय लिएर कक्षा १२ उत्तिर्ण गरेका ३५ बर्ष उमेर ननाघेका उम्मेदवारहरुलाई दरखास्तका लागि आव्हान गरेको थियो । ‘बिज्ञापन अनुसारको दरखास्त लिने नलिने भन्ने बिद्यालयको कुरा हो, हामीले त विद्यालयले उपलव्ध गराएका उम्मेदवारको लोकसेवाको मापदण्ड अनुसार परीक्षा र अन्तरवार्ता लियौं’ बागलुङ नगरपालिकाका लेखा अधिकृत जब्बर बहादुर भण्डारीले भने ‘बिज्ञापन कसरी भएको छ भनेर हेरिएन, त्यो हाम्रो काम पनि होईन् ।’ परीक्षामा सहभागि भएर उत्कृष्ट अंक ल्याउने उम्मेदवारलाई छनौट गरेको उनले दाबी गरे ।
यता बिद्यालयले भने नगर शिक्षा शाखा संगको सल्लाहमा बिज्ञापन गरेको र सोही अनुसारका दरखास्त लिन खोज्दा अबरोधहरु आएको जनाएको छ । ‘मैले बिज्ञापन अनुसारको दरखास्त मात्रै लिउँ भनेको हुँ, साथीहरुले उमेरको हकमा ४० बर्ष पाइन्छ भन्नुभयो’ प्रधानाध्यापक शान्तमणि ढकालले भने ‘अर्थशास्त्र बिषय भएकाको निवेदन नलिउँ भनेको धम्की आयो, दबाव दिईयो र जर्बजस्त म नभएको बेला निवेदन दर्ता भएको हो ।’ ढकालले लेखापाल छनौट आँफैलाई चित्त नबुझेको भन्दै चौतर्फी घेरामा परेको दाबी गरे । ‘कस्ले कसरी धम्क्याए भन्ने बिषयमा अदालतमा गएर बोलौलाँ’ ढकालले भने ‘न्याय अन्यायको कुरा अदालतले छुट्टाउँछ ।’
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासराज भण्डारीले परीक्षा र छनौट प्रकृया निश्पक्ष भएको दाबी गरे । ‘प्रचलित नियम र हाम्रो बिज्ञापनमा केही फरक भयो की भनेर प्रद्यानाध्यापकलाई भनेको छु’ उनले भने ‘खास के रहेछ केही दिनमा बसेर छलफल गरौंला, छनौट प्रकृयामा शंका गर्ने ठाउँ छैन् ।’ आँफैले गरेको बिज्ञापन बिपरितको दरखास्त लिएर बिबादमा आएको बिद्यालयले बिषय बिज्ञलाई दोषारोपण गर्दै आएको छभने बिषय बिज्ञहरुले आँफुहरु प्रकृयामा मात्रै सहभागि भएको भन्दै काम निश्पक्ष काममाथी शंका गरेको दाबी गर्दै आएका छन् । विद्यालय कर्मचारी लेखा सम्बन्धि पदका लागि लेखा बिषय लिई कम्तिमा १२ कक्षा उत्तिर्ण वा सो सरह, कम्प्यूटरमा दक्ष, अनुभवीलाई प्राथमिकता दिइने र उमेर हद १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको उल्लेख गर्दै बिज्ञापन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->