बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख देवकोटा र कार्यालय सहयोगी तेली २ लाख घुस रकमसहित पक्राउ

डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख देवकोटा र कार्यालय सहयोगी तेली २ लाख घुस रकमसहित पक्राउ


  • डोलराज रानाभाट
  • फाल्गुन १ २०७६, बिहिबार

नलवपुर, १ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई २ लाख घुस रकम सहित पक्राउ गरेको छ । निमित्त कार्यालय प्रमुख देवकोटा र करारमा रहेका कार्यालय सहयोगी तेलीले टेण्डरको काठ उठाए वापत सेवाग्राहीसँग पटक पटक घुस मागेको सूचना अख्तियारमा आएपछि उसले आफ्नो टोली टोली खटाएको थियो । अख्तियारको बुटवल कार्यालयबाट गएको टोलीले उनीहरुलाई रु. दुई लाख घुस रकमसहित वर्दघाट सुस्ता पूर्व कावासोती नगरपालिका- ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट नियन्त्रणमा लिएको हो। उनीहरु माथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->