
बागलुङ,२ फागुन – साविकको धौलागिरी अञ्चलमानै पहिलो पटक प्राचिन तथा प्राकृतिक उपचार बिधि स्पा बिहिबार देखि बागलुङ बजारमा सञ्चालनमा आएको छ । स्वास्तीक हर्वो ट्रेडले आफ्नो शाखा बिस्तार गर्दै ‘स्वास्तीक हर्बो स्पा बागुङ’ सञ्चालनमा ल्याएको हो ।
स्पाको बिहिबार उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तथा नेकपा स्थायी समितिका सदस्य देवेन्द्र पौडेलले परम्परागत र आधुनिक दुवै बिधिलाई अपनाउँदै बिकासको गतिमा अघि जानुपर्ने बताए । प्राकृतिक तथा प्राचिन बिधिहरु पनि उपचार सुन्दरताका लागि उपयोगी रहने भन्दै त्यस्ता सम्पत्ति हरुको सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो । आधुनिकता सँगै भित्रिएका कतिपय प्रबिधिहरुले समाज र देशलाई गलत बाटोमा हिँडाउने भन्दै पौडेलले आत्मासाथ गर्न सकिने पौराणिक महत्वका बिधिहरुलाई परिमार्जित र परिस्कृत गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले व्यवसायीक रुपमा सञ्चालनमा आएको स्पाले धौलागिरी बासीको स्वास्थ्य र सुन्दरतामा सहयोग पु¥याउनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा काठेखोला गाउँपालिकाका मृगौला पिडित विपिन आलेलाई आर्थिक सहयोग गरिएको थियो । बिपिन आले बचाउ अभियानले संकलन गरेको ११ लाख ९ हजार ३५ रुपैयाँ उनकि श्रीमति पुजा हमाल आलेलाई हस्तान्त्रण गरिएको थियो । रकम हस्तान्त्रण गर्दै सांसद पौडेलले सबैको साथ र सहयोगले पीडितले रहत पाउने बताए ।
कार्यक्रम स्पा सञ्चालक कृष्ण कुमार शैंजुको अध्यक्षता र रेशम आलेको सञ्चालनमा सम्पन्न भएको थियो । स्पामा स्टिम वाथ, साउन वाथ, मिल्क तथा हनि वाथ लगायतका सुबिधा रहेको सञ्चालक शैंजुले जानकारी दिए । २५ लाख लगानीमा सञ्चालनमा आएको स्पाले आधा दर्जन बढि युवा युवतीलाइ रोजगारी दिने छ ।





