शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो चिल्ड्रेन लाईफ कपः उपाधिको लागि आयोजक र अमर आदर्श भिड्ने

दोस्रो चिल्ड्रेन लाईफ कपः उपाधिको लागि आयोजक र अमर आदर्श भिड्ने


  • Dhorpatan News
  • फाल्गुन २ २०७६, शुक्रबार

बागलुङ, २ फागुन – आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल (रातो) र अमर आदर्श मावि दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय (+२) स्तरीय फुटबल प्रतियोगिताको उपाधिको भिड्ने भएका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा फरवाड अजय पुनको ह्याट्रिकको मद्धतमा चिल्ड्रेन लाईफ (सेतो)ले न्यू एभरेष्ट एकेडेमीलाई ५–० ले हरायो ।
चिल्ड्रेनको लागि खेलको अजय पुनले ३, राजिव श्रीस र मनोज पुनले १–१ गोल गरे । खेलको छैठौं मिनेटमा राजिव श्रीसको गोलबाट अग्रता लिएको चिल्ड्रेन लाईफको लागि २७ औं मिनेटमा मनोज थापा र ३५ औं मिनेटमा अजय पुनले गोल गर्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएका थिए ।
पहिलो हाफमा १ गोल गरेका पुनले खेलको ४१ औं र ५९ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो दोस्रो ह्याट्रिक पुरा गरे ।
यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक चिल्ड्रेन लाईफ (रातो)लाई ६–० ले हराउँदै अमर आदर्श फाइनलमा प्रवेश गरेको छ ।
अमरको लागि विपिन महत र अविशेक बोहोराले २÷२ गोल गरेभने आरोज सुनार र नारायन कुँवरले १÷१ गोल गरे ।
अमरले खेलको तेस्रो मिनेटमा विपिन महतको गोलबाट अग्रता लिएको थियो । खेलको १० औं मिनेटमा अरोज सुनार, ११ औं मिनेटमा नारायण कुँवरले गोल गरे । यस्तै अविशेक बोहोराले १५ औं र २५ औं मिनेटमा गोल गरे । विपिन महतले २८ औं मिनेटमा आफ्नो लागि दोस्रो र टिमको लागि छैटौं गोल गर्दै पहिलो हाफमा ६ गोलको अग्रता बनाएको थियो ।
दोस्रो हाफमा दुवै टिमबाट कुनै गोलनभएपछि अमर आदर्श फाइनलमा प्रवेश गरेको हो ।
चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ ।
प्रतियोगिताको फाइनल खेल चिल्ड्रेन लाईफ (रातो) विरुद्ध अमर आदर्श माविका विच शनिबार दिउँसो २ बजे बाङ्गेचौर खेलमैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->