शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङको विजय यात्रा जारी

बागलुङको विजय यात्रा जारी


  • Dhorpatan News
  • फाल्गुन ३ २०७६, शनिबार

पोखरा,३ फागुन – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा बागलुङले कास्की ‘बि’लाई ८ विकेटले पराजित गरेको छ ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबार भएको खेलमा टर जितेर ब्याटिङ गरेको कास्कीले ३६. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १० रनको सामान्य योगफल तयार पारेको थियो । कास्कीको तर्फबाट सफल श्रेष्ठले ५ चौका प्रहार गर्दै ३० रन बनाए भने आकाश शर्माले पनि ५ चौकाकै मद्धतमा २२ रन जोडे । सुदिप भट्टराईले अभिजित १८ रन बनाएका थिए ।
बागलुङको वलिङमा प्रशान्त सापकोटाले ४, सुवास भण्डारी र पुष्कल गौडेलले समान २÷२ तथा रोहित कँडेल र सचिन अधिकारील पनि समान १÷१ विकेट लिए । जितका लागि १ सय ११ रनको लक्ष्य सहित मैदान उत्रिएको बागलुङले २ विकेटको क्षतिमा मात्रै २०.३ ओभरमा लक्ष्य भेट्यायो । बागलुङको जितमा सचिन अधिकारीले अभिजित ३९ तथा बुद्धिबहादुर थापाले अभिजित ३७ रन बनाए । कास्कीको बलिङमा सुदिप भट्टराई र दर्पण डाँगीले १÷१ विकेट लिए । खेलमा बागलुङका प्रशान्त सापकोटा म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->