आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एलआईसीको उत्प्रेरणा कार्यक्रमः उत्कृष्ठ पाँच अभिकर्ता सम्मानित

एलआईसीको उत्प्रेरणा कार्यक्रमः उत्कृष्ठ पाँच अभिकर्ता सम्मानित


  • Dhorpatan News
  • फाल्गुन ३ २०७६, शनिबार

बागलूङ, ३ फागुन ( आफ्ना अभिकर्ताहरुलाई लक्षित गरेर लाईफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० शाखा कार्यालय बागलुङले शनिवार अभिकर्ता उत्प्रेरणा मुलक परिक्षण तथा अन्तरक्रिया कार्यक्रम शनिवार बागलूङ बजारमा आयोजना गर्यो । सो कार्यक्रममा आफ्ना भनाई राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले बिमा मृत्युुपश्चातमात्रै नभएर जीवनका लागि नै आवश्यक भएको वताए । एलआइसी नेपाल विश्वासनिय विमा कम्पनी भएको वताउदै दासले विमा बुढेसकालको समेत साहरा भएकाले सवैलाई आफ्नो कम्पनीमार्फत विमामा सहभागी हुनआग्रह गरे । नेपालको सवैभन्दा बढि वोनस दर भएको विमा कम्पनी एलआईसी भएको दावी गर्दै विमितलाई सोही अनुसार विमा गराउन अभिकर्तालाई आग्रह गरे ।


कार्यक्रममा कम्पनीका विशिष्ट अतिथि नायव प्रमुख  कार्यकारी अधिकृत टिवर्णवाल, आईटी म्यानेजर सन्जिब अग्रवाल, क्षेत्रीय प्रमख सुदित ठाकुर लगायतले बिमा, विमित र अभिकर्ताको समबन्ध र उनीहरुले गर्नुपर्ने जिम्मेवारीको वारेमा वताए ।
सो अवसरमा उत्कृष्ठ कार्य सम्पादन गर्ने राममाया घिमिरे, निर्मला खड्का, रन्जिता शर्मा, रामकाजी भण्डारी, राजिता केसीलाई खादा ओढाएर सम्मान गर्दै प्रमाण पत्र प्रदान गरियो ।
स्म्मानित मध्येबाट आफ्नो मन्तब्य राख्दै सिनिएर एजेन्सी म्यानेजर राममाया घिमिरेले आफुले लामो संघर्ष गरेर करोडपति महिला अभिकर्ता बन्न सफल भएको वताउदै सवै अभिकर्तालाई सिर्जनशिल भएर काममा लाग्न आग्रह गरिन । एजेन्सी म्यानेजर रामकाजी भण्डारी र सुदर्शन कँडेलले आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन शखा प्रबन्धक शम्भु शर्मा सिलवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->