आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सफल पोखरा म्याराथनको उपाधि जापानका थाकानासीको पोल्टामा

सफल पोखरा म्याराथनको उपाधि जापानका थाकानासीको पोल्टामा


  • Dhorpatan News
  • फाल्गुन ३ २०७६, शनिबार

पोखरा, ३ फागुन – सफल पोखरा म्याराथनको १४ औँ सस्करणको उपाधि जापानीज धावक यत्सुके थाकानासीले जितेका छन् । उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका हुन् । पोखरासँग मितेरी सम्बन्ध रहेको जापानी सहर कोमागानेका धावक यो जीतसँगै प्रतियोगिताको पहिलो अन्तर्राष्ट्रिय विजेता पनि बनेका छन् ।
यता, सशस्त्र प्रहरी बलका किरण बोगटी म्याराथनमा दोस्रो भए । दौडने क्रममा करिब १५ सय मिटर बाटो बिराएका उनले २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरे । दौडने क्रममा बाटो भुल्दा आफू पछि परेको उनको भनाई थियो ।
तेस्रो स्थानमा भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापा आए । उनले २ घण्टा २९ मिनेटको पूरा गरे । चौथो स्थानमा भने गणेशसिंह ठकुरी रहे । म्याराथन विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो स्थानका थापाले ७५ हजार र चौथो स्थानमा रहेको ठकुरीले १५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गरे । १० किलोमिटर पुरुषतर्फको प्रतिस्पर्धामा स्याङजाका पूर्णबहादुर कार्की, मोरङका याङदेव राई र पर्वतका आशिष कुँवर क्रमशः पहिलो र दोस्रो र तेस्रो भए । महिलातर्फ इन्द्रकला राई धरान, अनिता राई सोलु र अमेरिकन धावक वेण्डीले तेस्रो स्थानमा रहिन् । उनीहरुले पुरस्कार स्वरुप १५, १० र ५ हजार नगद प्राप्त गरे ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सिटी म्याराथनको अवधारणासँगै २०५८ सालदेखि पोखरा म्याराथनको शुरुवात गरिएको थियो । पोखरा म्याराथनको १४ औं संस्करणमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा रन फर फनमा सहभागि भएका थिए । उनले ५ किलोमिटरको दूरी पूरा गरे । १४ औं संस्करणसम्म आइपुग्दा १३ वर्षअघि राखेको पोखरा म्याराथनको रेकर्ड भने तोडिएको छैन् । नेपाली सेनाका धावक अर्जुनकुमार बस्नेतले छैटौं म्याराथनमा राखेको २ घण्टा २५ मिनेट ०१ सेकेण्डको समयमा पूरा गर्दै उपाधि जितेका थिए । म्याराथनअन्तर्गत ह्विलचियर,दृष्टिविहीनहरुको पनि प्रतियोगिता राखिएको थियो । क्यान्सरलाई जितेकाहरु पनि म्याराथनमा सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->