पोखरा,५ फागुन – नेपाली चलचित्र ’सेन्टी भाइरस’ फागुन ९ गते रिलिज हुने भएको छ । सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कलाकार तथा निर्माता सीतारम कट्टेल ( धुर्मस) ले रिलिजको लागि अन्तिम तयारीमा जुटिरहेकोे जानाकारी दिए ।
रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दिपक आचार्य, राजाराम पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत छ ।चलचित्रको ट्रेलर हेर्दा पारिवारिक र राजनीतिक विषयवस्तुलाई समावेश गरेको देखिन्छ । त्यसमा पनि परिवारभित्रको राजनीति देखिन्छ । सुबिहानी फिल्म्स् प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्ममा धुर्मुस र सुन्तलीको निर्माण रहेको छ । यसै फिल्मबाट पहिलो पटक यो जोडी फिल्म निर्माणमा लागेका हुन् । फिल्ममा कुमार कट्टेल (जिग्री) र दिपक आचार्यको लेखन रहेको छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सह(निर्माता फूर्पा लामा हुन् । ‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।





