शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेश यु –१६ एक दिवसीय क्रिकेट: दोस्रो खेलमा जित निकाल्दै नवलपुर शिर्षस्थानमा

गण्डकी प्रदेश यु –१६ एक दिवसीय क्रिकेट: दोस्रो खेलमा जित निकाल्दै नवलपुर शिर्षस्थानमा


  • विजय नेपाली
  • फाल्गुन ६ २०७६, मंगलबार

पोखरा, ६ फागुन – पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरीय यु–१६ एक दिवसीय क्रिकेट लिग प्रतियोगितामा नवलपुर शिर्ष स्थानमा उक्लिएको छ ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको लिग अन्तरगत आफ्नो दोस्रो खेलमा जित निकाल्दै नवलपुर रन रेटको आधारमा शिर्ष स्थानमा उक्लिएको हो । २ खेल खेलेको नवलपुरको ४ अंक रहेको छ । नवलपुर रन रेटको आधारमा शिर्षमा रहेको हो । नवलपुरको रन रेट २.१०३ रहेको छ । त्यस्तै दुइ खेल नै खेलेको कास्की ए को पनि ४ अंक रहे पनि रन रेटको आधारमा दोस्रो स्थानमा रहेको छ । कास्कीको नेट रन रेट ०.२४ रहेको छ । त्यस्तै ४ खेल खेलेको बाग्लुङ २ खेलमा जित र २ खेलमा हार व्यहोरदै ४ अंक जोड्दै नेट रन रेटको आधारमा तेस्रो स्थानमा रहेको छ । वाग्लुङको नेट रन रेट ०.२१२ रहेको छ । त्यस्तै ३ खेल खेलेको स्याङजा ३ खेलमा नै हार व्यहोरर्दै अंक विहिन रहेको छ । नेट रन रेट माइनस ०.९६ रहेको स्याङजा लिग तालिकाको चौथौ स्थानमा रहेको छ भने । १ खेल खेलेको कास्की १ खेलमा हार व्यहोरदै अंक विहिन रहँदै लिग तालिकाको अन्तिम स्थानमा रहेको छ । कास्की वि को नेट रन रेट माइनस ३.२१ रहेको छ ।
लिग अन्तर्गत सोमबार भएको खेलमा नवलपुरले स्याङजालाई ७९ रनले हराएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नवलपुरले ४८.४ ओभरमा सबै विकेट गुमाउदै २ सय ११ रनको योगफल तयार पारेको थियो । नवलपुरको लागी तेस्रो व्याटस्म्यानका रुपमा रहेका प्रोमिस अर्यालले ८३ रनको उत्कृष्ट पारी खेले । लिगमा अर्याल अर्धसतक गर्ने पहिलो खेलाडी समेत बनेका छन । १ सय १४ बल खेलेका अर्यालले ११ चौका प्रहार गर्दै ८३ रन बनाउदैँ नवलपुरको लागि इनिङ उकासेका थिए । नवलपुरका ओपनर व्याटस्म्यान हिम मल्लले २३ रन जोडे । उनले ५४ बल खेल्दै ४ चौका प्रहार गरे । ,प्रबिन भुजेलले २७, सुरज आचार्यले १८, गौरव बिस्वकर्मा र दिपक डुम्रेले समान १३–१३ रन जोडे भने सरद तिवारीले १२ रन जोडे ।
स्याङ्जाको लागि राम खनालले सर्वाधिक ५ विकेट लिए । ९.५ विकेट ओभर खेलेका उनले १ मेडन राख्दै ४३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै किरण भट्टराईले २ तथा इनक भट्टराईले १ विकेट लिए । २ सय १२ रनको लक्ष्य पछ्याएको स्याङ्जाले ३६.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ३२ रनमा समेटिएको थियोे । स्याङ्जाको लागी सुजन गौतमले ३५,सौजन्य रेग्मिले ३५ तथा नबिन गुरुङले २२ रन बाहेक अन्य व्याटस्म्यानले रन जोड्न सकेनन् । नवलपुरको लागि सुशील क्षेत्रीले ३ तथा सहिल ढकाल , स्विकार श्रेष्ठ र सुरज आचार्यले समान २–२ विकेट लिए । खेलको म्यान अफ दि म्याच नवलपुरका प्रोमिस अर्याल घोषित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->