मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

भविष्यको लक्ष्य निर्धारण गर्न सिक्दै विद्यार्थी

भविष्यको लक्ष्य निर्धारण गर्न सिक्दै विद्यार्थी


  • संजय रेग्मी
  • फाल्गुन ६ २०७६, मंगलबार

पर्वत,६ फागुन –  विद्यालयको तहको अध्ययन गरिरहेको बेलामा धेरैलाई आपूm भविष्यमा के बन्ने भन्ने थाहा हुँदैन् । सानै उमेरमा तय गरिएको लक्ष्यका आधारमा आप्mना क्रियाकलापहरु गर्ने हो भने हरेक व्यक्तिलाई लक्ष्यमा पुग्न सजिलो हुन्छ । विशेष गरी विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई उच्च तहमा पुगेपछि कुन बिषय पढ्दा के काम गर्ने मान्छे बनिन्छ भन्नेमा नै अलमल छ । यही कारण साथीहरुको लहैलहैमा धेरैले आप्mना लक्ष्यहरु बताउने गर्छन तर भविष्यमा विदार्थी त्यो लक्ष्यमा पुग्न असफल हुन्छ, शैक्षिक बेरोजगारको समस्या उत्पन्न हुन्छ ।
यही परिवेशको माझमा नेपाल सरकारले नमुना विद्यालयको रूपमा छनोट गरेको सदरमुकाम कुस्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा दशमा अध्ययनरत छात्र समीर थापाले जीवनका लक्ष्य तय गरेका छन् । उनले आप्mना जीवनका लक्ष्यहरुको प्राथमिकतामा फोटो ग्राफर, चित्रकार वा खेलाडी बन्ने भनेर आप्mनो कार्य पुस्तिकामा लेखेका छन् ।
सोही कक्षामा अध्ययनरत छात्रा राजवी पौडेलले पनि भविष्यमा ‘फर्मा्सिस्ट’, बन विज्ञान अधिकृत वा नर्स बन्ने गरी अहिलेबाट नै वृत्तिपथको तयारी गरिरहेकी छिन । नारायण मावि मात्र होइन कुस्मा नगरपालिका २ खुर्कोटको हिमालय माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत हरेक विद्यार्थीले आफू भविष्यमा के बन्ने भनेर योजना सहितको खाका तयार पारेका छन् ।
कक्षा ९ र १० पुगेर उच्च शिक्षा अध्ययनका लागि तयार हुँदै गरेका विद्यार्थीहरूले कक्षा ११, १२ वा उच्च तहमा कस्ता विषयलाई मुख्य विषयका रूपमा लिएर पढ्ने तथा भविष्यमा आफूले गर्न चाहेको वृत्तिका लागि अहिले पढ्नुपर्ने विषय के हो भन्ने थाहा नपाउँदा भविष्यको लक्ष्य नै अन्योलमा परेपछि उनीहरूको उचित वृत्ति मार्ग निर्देशनको लागि यो कार्यक्रम संचालन गरिएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ मार्पmत यो अभ्यास भएको हो । विद्यालयमा वृत्ति मार्ग निर्देशन कार्यक्रम मार्पmत विद्यार्थीहरूले भविष्यमा छनोट गर्ने पेसा वा व्यवसायमा अलमल नहुने गरी अहिले नै लक्ष्य निर्धारण गर्ने गरी प्रशिक्षण दिइएको वृत्ति मार्ग निर्देशक शिक्षक प्रकाश रिजालले बताए ।
‘यस कार्यक्रमका लागि अन्तरङ्ग साइकोसोसल रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटले विकसित गरेको प्याकेजमा राखिएका विभिन्न सूचकहरूमा रहेर विद्यार्थीहरुले स्वमूल्यांकन गर्दै भविष्यमा के गर्न उत्तम हुन्छ भन्ने कुराको अहिले नै पहिचान गरेका छन ।’ उनले भने, ‘धेरैजसो विद्यार्थीहरूले लिने तालिम वा कक्षा ११ र १२ मा अध्ययन गर्ने विषय र भविष्यमा उसले रोज्ने पेसाको बिचमा तालमेल नमिल्दा भविष्य नै अलमलमा परेको देखिएको थियो । यो परियोजनाले यही समस्यालाई हटाउँछ ।’ विद्यार्थीले आप्mनो रुचि र क्षमता पहिचान गरेर सोही लक्ष्य भेट्ने गरी क्रियाकलापहरू सञ्चालन गर्दा शैक्षिक बेरोजगारीको समस्या हटने, बौद्धिक पलायन घटने र उनीहरूलाई भविष्यमा आप्mनो पेसाबाट आत्मसन्तुष्टि मिल्ने पनि शिक्षक रिजालको भनाई छ ।
वृत्ति मार्ग निर्देशक शिक्षक शिला भुसालका अनुसार विद्यार्थीहरूले उनीहरूको रुचि र खुबीहरूको बारेमा सोधिएको प्रश्नावली भरेर मार्ग निर्देशक शिक्षकलाई बुझाउँछन । उनीहरूले दिएको जवाफको आधारमा भाषिक, विश्लेषणात्मक–तार्किक, स्थलगत, व्यक्तिगत र शारीरिक–यान्त्रिक क्षमताहरूको पहिचान गरी प्रत्येकमा अङ्क प्रदान गरिन्छ । सोही अङ्कका आधारमा विद्यार्थीले भविष्यमा अँगाल्न सक्ने सम्भावित पेसा वा व्यवसायहरूलाई प्राथमिकताका आधारमा सूचीकृत गरी सुरुका ३ ओटा वृत्तिको वृत्ति खोजी पथ तयार गरिन्छ ।
यस परियोजनामा सहभागी भएका विद्यार्थीहरूले आप्mनो रुचि र क्षमताको पहिचान गरी भविष्यको बाटो कस्तो बनाउने भन्ने कुरा अहिले नै थाहा पाउँदा भविष्य निर्माणमा सहज हुने बताउँछन् । ‘म अहिले दश कक्षमा पढ्दै गरेको भए पनि भविष्यमा के बन्ने भन्ने निधो भएको थिएन।’ छात्रा राजवीले भनिन्, ‘मैले गर्न सक्ने काम फर्मा्सिस्ट, बन विज्ञान अधिकृत वा नर्स रहेछन् भन्ने कुरा त्यो फाराम भरेपछि थाहा भयो ।’
परियोजनामा सहभागी भएका विद्यार्थीहरू पढाइप्रति उत्प्रेरित भएको बताउँदै विद्यालयकी प्रधानाध्यापक अम्बिकादेवी लोहनी आचार्यले यो कार्यक्रमलाई कक्षा ९ र १० को पाठ्यक्रममा नै समावेश गर्ने हो भने कोही पनि व्यक्ति भविष्यमा के बन्ने भनेर अहिलेबाट नै तयारी अवस्थामा रहने र सोही अनुसारका अभ्यासहरू गर्न सजिलो हुने बताइन् ।
विद्यार्थीहरूको रुचि र खुबीका आधारमा भविष्यको बाटो खोज्ने यो कार्यक्रम भने जिल्लाका दुई विद्यालयहरूमा चलिरहेको छ । परियोजनाको प्रस्तावपछि नगरपालिकाले नमुना छनोट गर्दा दुई विद्यालयमा मात्र यो कार्यक्रम लागू भएको तर यस खालको कार्यक्रम सबै विद्यालयहरूमा आवश्यक रहेको कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकृत विष्णु तिवारीले बताए ।
यो कार्यक्रम गण्डकी प्रदेशका ११ जिल्लाहरुमध्ये स्याङजा, कास्की र पर्वतका २÷२ ओटा गरेर ६ ओटा विद्यालयहरुमा संचालित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->