शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो गार्डेन कप सेभेन ए साइड फुटबल हुँदै

दोस्रो गार्डेन कप सेभेन ए साइड फुटबल हुँदै


  • Dhorpatan News
  • फाल्गुन ६ २०७६, मंगलबार

पोखरा, ६ फागुन – फुटबल क्षेत्रमामा क्रियाशिल गार्डेन युवा क्लब पोखराको आयोजनामा दोस्रो संस्करणको गार्डेन कप हुने भएको ।फुटबल खेलको विकासमा क्रियाशिल क्लबको नयाँ कार्य समिती चयन भए संगै प्रतियोगिताको तयारी गरेको हो ।फागुन १२ गते देखी मणिपाल शिक्षण अस्पतालको खेल मैदान दोस्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटबल प्रतोयोगिता हुन लागेको हो ।
प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छन भने उप विजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्ने छन ।त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र गोलरक्षकले समान ५(५ हजार रुपैयाँ प्राप्त गर्नेछन ।
प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष विनोद गुरुङले प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिता संचालन गर्न करिब ७ लाख रुपैयाँ खर्च लाग्ने र प्रतियोगिताबाट ३ लाख बचत हुने अनुमान गरिएको गुरुङले बताए ।“ हाम्रो योजना एन्फा नियम अनुसार नै खेलाउने हो तर मैदार र आर्थिक अभावको कारण अहिले सेभेन ए साइड गर्न लागेका हौँ ,आगामी वर्षबाट एन्फा नियम अनुसार नै खेलाउने छौ“ अध्यक्ष गुरुङले भने ।
सोहि क्रममा बोल्दै नेपाल सेभेन ए साइड महासंघका अध्यक्ष नविन पुनले पछिल्लो समय पोखरामा सेभेन ए साइडको विकस निकै भएको बताए । पोखराको फुटबल विकासमा सेभेन ए साइड मुख्य खुड्किलो रहेको बताए ।गार्डेन डिफेन्डिङ च्याम्पियन हो भने गार्डेन कै अर्को टिम उपविजेता हो । प्रतियोगिता फागुन १७ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->