बागलुङ ,७ फागुन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन र कृषिको माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने बताएका छन । कृषिमा आत्मनिर्भर नबने सम्म समृद्धिको लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ थियो । खेतीयोग्य जमीन बांझो राख्ने र बेसायर खाने गरेको कारण प्रदेश सरकार कृषिमा आत्मनिर्भर बन्न नसकेको उनले बताए । ‘हामिले धेरै बेसाएर खाने गर्छौ , अब हामी आफैले उत्पादन गरेर आत्मनिर्भर बन्नु पर्छ ।’ उनी बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ र ६ जोड्ने गरि निर्माण हुन लागेको लामाबगर मोटरेवल पुलको शिलान्यास कार्यक्रममा बोल्दै थिए ।मुख्यमन्त्री गुरुङले दूध ,दहि ,माछा मासुमा प्रदेश आत्मनिर्भर बन्दै गएको र केही वर्षमा नै निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताए ।
खाद्य सामाग्री बढी मात्रामा आयात हुने भएकोले आधुनिक र व्यावसायिक कृषिको माध्यमबाट आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिए ।कृषिलाई आधुनिकिकरण ,यान्त्रिकरण र व्यावसायिकरण गर्नको लागि सरकारले हाल विभिन्न मोडेल फार्ममा सहयोग गरिरहेको र आगामी दिनमा अझै बढी कार्यक्रम ल्याउने उनले बताए । प्रदेशमा आधुनिक इजरायलि प्रविधी भित्र्याउनको लागि युवाहरुलाइ छनोट गरेर सीप सिकाउनको लागि निशुल्क इजरायल पठाउन लागेको गुरुङले बताए । छनोटमा परेका युवाहरुले सीप संगै लगानी समेत पाउने छन । उनिहरुलाइ प्रदेस सरकारले थप सहयोग समेत गर्ने उनले बताए । कृषिको लागि आवश्यक भौतिक पुर्वाधार निर्माणमा सरकारले ध्यान दिएको उनले बताए । आगामी २०३० सम्ममा गरिविको रेखामुनि रहेका नागरिकको आयस्तर उकास्नको लागि सरकारले मसिनो गरि अध्यन गरेर योजना बनाउने मुख्यमन्त्री गुरुङले बताए ।





