बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा मनाइयो ७० औ प्रजातन्त्र दिवस

बागलुङमा मनाइयो ७० औ प्रजातन्त्र दिवस

सांझ दिपावली गर्ने कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७६, बुधबार

बागलुङ, ७ फागुन -एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । बागलुङमा पनि ७० औ प्रजातन्त्र दिवस मनाइएको छ । दिवसको अवसरमा बिहान बागलुङ बजारमा र्याली आयोजना गरिएको थियो । र्याली पछि जिल्ला समन्वय समितिको सभाहलमा  मुल समारोह आयोजना गरिएको थियो ।
मुल समारोहमा प्रतिनिधिसभा सदस्य मनकुमारी केसि, संविधानसभाका सदस्य बलावती शर्मा, नरवहादुर थापा, प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जिल्ला समन्वय समितिका उपप्रमुख विष्णुप्रसाद भुसाल, बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचीव ज्ञामनाथ गैरे, नेपाली काङ्ग्रेसका सभापति दिपेन्द्र थापा लगाएतले बोलेका थिए । प्रजातन्त्र दिवसको अवसरमा आज सांझ दिपावली गर्ने कार्यक्रम रहेको मुल समारोह समितिले जनाएको छ । कार्यक्रम मुल समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षता तथा सदस्य सचिव प्रदिपचन्द्र सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->