पोखरा,७ फागुन – पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय यु –१६ एक दिवसीय क्रिकेट प्रतियोगितामा दिपक डुम्रेको विष्फोटक शतकसँगै नवलपुर २ सय ४५ रनले विजयी भएको छ ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा कास्की वि लाई सस्तैमा समेट्दै तेस्रो जित हात पारेको हो । कास्की ‘वि’ लाई हराउदैँ नवलपुरले लिगमा शीर्षस्थान कायमै गरेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको नवलपुरले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८१ रनको योगफल तयार गरेको थियो । २ सय ८२ रनको लक्ष्य दिएको नवलपुरले कास्कीलाई २१ ओभरमा ३६ रन दिदैँ सबै विकेट लिएको थियो । नवलपुरको लागि दोस्रो ओपनरको रुपमा रहेका दीपक डुमे्रले शतक पुरा गरे । दिपक प्रतियोगिताको पहिलो सतक गर्ने खेलाडी समेत बन्न सफल भएका छन । दीपकले १०८ बलमा १४ चौका र २ छक्का हिर्काउदैँ १ सय २७ रनको शतकीय पारि खेले । ओपनर गौरभ विकले १६ रन बनाए । सरद तिवारीले ४९ रन बनाए । उनले ६४ बलमा ४ चौका हिर्काए । त्यस्तै प्रमिश अर्यालले ७, प्रविन भुजेलले ६ रन, सुरज आचार्यले ९ रन र स्विकर श्रेष्ठले ८ रन जोडे भने विज्ञान पाण्डे, सुशील क्षेत्री र अभिषान्त न्युरे शुन्यमै पेभेलियन फर्किए ।
कास्की ‘बि’ को लागि दर्पण डागिले ७ ओभरमा ४० रन खर्चँदै४ विकेट लिए भने सुदिप भट्टराईले १० ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । समीर लामिछाने १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सुसान्त गिरिले ९.४ ओभरमा ५४ रन खर्चेर २ विकेट लिए ।
२८२ रनको लक्ष्य पछ्याएको कास्की ‘बि’ २१ ओभरमा सबै विकेट गुमाउदै लज्जास्पद हार ब्यहोर्न बाध्य भयो । नवलपुरको अगाडी कास्की वि निरिह रह्यो । कास्की ३६ रनमै समेटियो । कास्की ‘बि’ को शुुरुवात राम्रो हुन सकेन । कास्कीका ओपनर व्याटस्म्यान सफल श्रेष्ठ शून्य रनमै पेभेलिय फर्किए । दास्रो ओपनर व्यटस्म्यान आकाश शर्मा ४ रनमा आउट भए । कास्कीको लागि सुशान्त गिरिले २४ रन बाहेक अन्य कुनैपनी ब्याट्म्यानले दोहोरो अकं जोड्न सकेनन् उनले ४७ बलमा ४ चौका प्रहार गरे । आकाश शर्माले ४ रन,सुयास्कर थापले २ तथा समिर लामिछानेले र युसुव पौडेलले १–१ रन बनाए । अदित्य प्रजु, सुदिप भटराई र र्याथम पाण्डे शून्यमै पेभेलियन फर्किए ।
नवलपुरको लागि स्विकार श्रेष्ठले ३ विकेट लिए । ६ ओभरमा १ मेडन राख्दैँ १३ रन खर्चेर ३ विकेट लिए । शुसिल क्षेत्रीले ५ ओभरमा २ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए । सुरज आचार्यले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए अबिसान्त न्युरेले २ ओभरमा १ मेडन राख्दै २ विकेट लिए भने जिवन डुम्रेले ६ ओभरमा ४ मेडन राख्दैँ ३ रन खर्चेर १ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच नवलपुरका दिपक डुम्रे घोषित भए ।





