शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आहा रारा गोल्डकम रंगशालामै हुने, १३ हजार दर्शकमात्र बस्न मिल्ने

आहा रारा गोल्डकम रंगशालामै हुने, १३ हजार दर्शकमात्र बस्न मिल्ने


  • विजय नेपाली
  • फाल्गुन ८ २०७६, बिहिबार

पोखरा, ८ फागुन- १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता निमार्णाधीन अवस्थामा रहेको फुटबल मैदानमा नै हुने लगभग निश्चित भएको छ ।
गण्डकी प्रदेशकै प्रतिष्ठित अन्तराष्ट्रिय फुटबल प्रतियोगिता निमार्णधीन रंगशालामा हुने देखिएको छ । सहारा क्लव पोखराको आयोजनामा फागुन २२ गते देखि हुदैँ छ । तर निमार्णाधीन फटबल मैदानको ब्लक वि को प्यारापिट जडानको काम भने बाकिँ रहेको छ निमार्ण कम्पनीले भने १३ हजार ५ सय दर्शकमात्र राख्न मिल्ने बताएको छ ।
यस अघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरर्गत महिला फुटबल पनि निमार्णाधीन रंगशालामा नै सम्पन्न भएको थियो । फुटबल रंगशाला निमार्ण कम्पनीका प्रोजेक्ट इन्जिनियर पुरुषोत्म बरालले १३ हजार ५ दर्शक मात्र राख्न मिल्ने बताए ।
पोखरा रंगशाला निरिक्षण गर्न आएका राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) का सदस्य सचिब रमेश कुमार सिलवालले आहा रारा गोल्डकप पोखरा फुटबल रंगशालामा नै हुने स्पष्ट पारे । सदस्य सचिब सिलवालले स्टेडियम निर्माण कम्पनी एमए कन्सट्रक्सन प्राली र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्राविधिकहरु संग फागुन २२ गते सम्म के कति काम सम्पन्न हुने हो भन्ने बारे समेत जानकारी लिए । मैदानको बारेमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी लगाएतले सदस्य सचिब सिलवाललाई निर्माणका बारेमा जानकारी दिएका थिए । फुटबल मैदानको मैदान र ट्रयाकको काम भने पुर्ण रुपमा सम्पन्न भइसकेको छ । प्रतियोगिता फागुन २२ देखि चैत १ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->