बागलुङ,८ फागुन – बागलुङ नगरपालिका–१४ नारायणस्थानमा आयोजित श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञममा १ करोड ४४ लाख शंकलन भएको छ । आधार आधारभुत विद्यालयमा आर्थिक सोत जुटाउने उद्देश्यले आयोजित महायज्ञमा १ कडोड ४४ लाख भन्दा वढी रकम शंकलन भएको हो ।
महायज्ञको अन्तीम वुधवार वागलुङ नगरपालिका वडा नम्वर १४ का स्वर्गीय धनवहादुर घर्ती क्षेत्री, हिला घर्ती क्षेत्री र जनककुमारी घर्ती क्षेत्रीको स्मृतीमा छोराहरु टेकवहादुर, भिमवहादुर, वलवहादुर, जितवहादुर ,चन्द्रजित, हरीवादुर, केदार र मिन वहादुर घर्ती क्षेत्रीले ८ लाख ८ हजार ८ सय ४८ रुपैया सहयोग गरे । त्यस्तै बागलुङ नगरपालिका वडा नम्वर १४ का डम्मर कुमारी जिसीले ५ लाख ५ सय ५५ रुपैया सहयोग गरिन ।
महायज्ञमा वुधवार हरी जिसी र सुपारी जिसीको पहलमा अमेरीकामा रहेका वलेवावासीले ३ लाख २४ हजार २ सय ३१ ,निरज केसीको पहलमा अष्टे«लियामा रहेका वलेवासीले ९७ हजार ५२, वानपा १४ का इश्वरादेवी खत्रीले १ लाख १ हजार १ सय ५७ रुपैया सहयोग गरेका छन ।
वुधवार महायज्ञको अन्तीम दीन ३५ हजार भन्दा वढी सहयोग गरी ४९ जना सहयोग दाता सभानायक बनेको सचिवालय संयोजक स्वर्गेन्द्र वहादुर खत्रीले जानकारी दिए।
विद्यालयको ३२ औ वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गरेको थियो । महायज्ञको अवसरमा वोल्दै प्रतिनिधी सभा सदस्य मनकुमारी केसीले शिक्षा क्षेत्रको विकास गर्न सवैको साझा पहल आवश्यक रहेको वताइन । प्रदेश सभा सदस्य मणिभद्र शर्मा कडेलले समाज परिवर्तनको लागी शिक्षा अपरिहार्य रहेकोले शिक्षा क्षेत्रको विकास गर्न सवैको साझा शंकल्प आवश्यक रहेको वताए।
श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञममा वालव्यास पण्डीत नारायण न्यौपानेले संगितमय कथा प्रवचन गरेका थिए ।





