पोखरा, १० फागुन – गत वर्षको १७ औ आहा रारा गोल्डकपमा निकै कम आम्दानि भयो । जुन आहा गोल्डकपको इतिहासमै निकै खराव मानिन्छ । कारण थियो पोखरा रंगशाला निमार्णको लागि भत्काइनु । यति मात्र होइन केहि दिन अघि सम्म पनि रंगशाला फुटबल मैदानमै प्रतियोगिता हुने नहुनेमा आयोजक सहारा क्लब पोखरा अन्योलमा नै थियो । तर सहारा क्लब पोखरालाई कुनै पनि हालतमा प्रतियोगिता सम्पन्न गर्न थियो । सहारा क्लबलाई पोखराको इज्जत पनि जोगाउन पर्ने थियो । यस्तै यस्तै कुरा र निमार्णाधिन फुटबल रंगशलामै गर्दा क्लबले एकेडेमी संचालन गर्न सक्थ्यो । एकेडेमी संचालन गर्ने प्रमुख आधार नै आहा गोल्डकप हो ।
विभिन्न चुनौतिका सामाना गर्दै निमार्णधीन फुटबल मैदानमा नै प्रतियोगिता आयोजना गर्न सफल भएको छ । फुटबल रगंशालामा मैदानको काम पुर्ण रुपमा सम्पन्न भएको छ भने १३ हजार ५ सय क्षमताको सिट समेत जडान भइसकेको छ । सामान्यतया कुनै पनि निमार्ण अवस्थामा रहेको पुर्वाधारमा यसरी प्रतियोगिता संचालन गर्न कसैले दिदैँनन् तर सहारा क्लबले भने त्यो चुनौतिको सामना गर्दै १८ औँ संस्करणको आहा रारा गोल्डकप रंगशालामै गर्ने भएको हो ।
क्लब मैदान नपाए ४–५ टिमकै सहभागीतामा समेत प्रतियोगिता गरि निरन्तरता दिने समेत विकल्पमा थियो । तर प्रतियोगितालाई भने निरन्तरता दिदैँ पोखराको फुटबललाई जिवन्त राख्न पछि हट्ने योजनामा भने क्लब थियो त्यसैले पनि पोखरामा प्रतियोगिताको लोकप्रियता निकै छ । “हामिले प्रतियोगितालाई निरन्तरता दिनुथियो, हामिले रंगशाला बाहेक भण्डारढिक र आफ्नै एकेडेमीको मैदानमै केहि टिम घटाएर भए पनि प्रतियोगिता सफल बनाउनेनै थियौँ” सहारा क्लब पोखराका अध्यक्ष केवश थापाले बताए । क्लबले शुरुवात देखि नै कठिन परिस्थितिको सामना गर्दै यहाँ सम्म आइपुगेको बताए । त्यसतै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले सहारा क्लब पोखराको खेल क्षेत्रमा अतुलनीय योग्दान दिने क्लब भएको कारणले नै प्रतियोगिता सफल पार्न परिषद्को तर्फबाट आवश्यक सहयोग गर्ने बताए । फुटब १८ औ आहा गोल्डकप हेर्न १३ हजार दर्शकले पाउनेछन ।
प्रतियोगितामा आयोजक, ए डिभिजन क्लबहरु र विदेशी क्लब सहित १० टिमको सहभागीता हुने भएको छ । यस्तै प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगितामा आयोजक सहारा क्लब, झापा ११, ए डिभिजन क्लबहरु रुसलान थ्री स्टार, नेपाल आयल निगम मनाङ म¥याङ्दी, बिग्रेड ब्वाइज क्लब, संकटा क्लब तथा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ र नेपाल पुलिस र भारतको गान्टोक सिटि फुटबल क्लबको सहभागीता रहने भएको हो । ए डिभिजन लिग विजेता मछिन्द्र क्लब भने सहभागी भएको छैन । एन्फाले प्रतियोगिता मिति तय गरिए अनुसार नै १० टिमको सहभागीता हुने भएको हो । यस्तै प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया पाउनेछन भने उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउनेछन ।
प्रतियोगिताबाट १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी र ९९ लाख ३८ हजार ५ सय रुपैँयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताबाट बचत हुने रकम क्लबले संचालन गर्दै आइरहेको एकेडेमीको लागि खर्च गर्ने छ । एकेडमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।





