पोखरा,११ फागुन – सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताइन ।उमेर कटिसकेपछि खेल्नुको अर्थ हुँदैन, राम्रो नतिजा ल्याउनको लागि सानै उमेरदेखि खेल र संगीतलाई स्थापित गराउने हाम्रो उदेश्य छ’, उनले भनिन्, ‘खेलको माध्यमबाट प्रदेशलाई देश बाहिर पनि चिनाउनु पर्छ र स्वस्थ नागरिक तयार पार्नुपर्छ, यो हाम्रो योजनामा रहेको छ ।’
पोखरा नदीपुरस्थित पुन यूनाइटेड क्लवले महाशिवरात्रीको अवसरमा आयोजना गरेको महिला, पुरुष तथा प्रौढ भलिवल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि मन्त्री पुनले खेलको विकासको लागि नितिगत रुपमा अगाडी बढ्ने तयारीमा रहेको पनि बतान् । हरेक नागरिकलाई आफ्नो खुट्टामा उभिने जिम्मेवारी रहेको बताउँदै उनले तालिम, सीप विकासको लागि के चाहिने हो ? त्यसका लागि प्रस्तावहरु लिएर आउनु आग्रह पनि गरिन् । प्रतियोगिताका संयोजक मेजर चन्द्रबहादुर पहरे पुन मगरले युवा तन्नेरीहरुले जहिले पनि अनुशासनमा रहेर काम गर्नुपर्ने बताए । उनले विपन्न वर्गका बालबालिकाको शिक्षा, स्वास्थ्यको लागि १ करोडको अक्षय कोष निर्माणको लक्ष्य लिएको र खेल त्यसकै एउटा पाटो भएको बताए ।
पुन यूनाइटेड क्लवका अध्यक्ष शिव पाईजाले देश विदेशमा भएका दाजुभाईको सहयोगबाट सामाजिक काममा रकम खर्च गर्नेगरि हरेकवर्ष महाशिवरात्रीको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
प्रतियोगिताको उपाधि ग्रिनविच यूकेलाई
पुन युनाइटेड क्लव नदीपुरले आयोजना गरेको सातौँ भलिवल प्रतियोगिताको उपाधि ग्रीनविच परिवार यूकेले जित्न सफल भएको छ ।नदीपुरस्थित कार्पाकेली भवनको भलिवल कोर्टमा शनिबार भएको फाइनल खेलमा ग्रीनविचले घान्द्रुकको टोलीलाई पराजित गर्दै नगद १ लाख, मेडल तथा शिल्ड प्राप्त गरेको छ । दोश्रो हुने घान्द्रुकले नगद ७० हजार, मेडल र शिल्ड प्राप्त गरेको छ ।
यस्तै महिलातर्फ भएको खेलमा दोवा समाजको टोलीले उपाधिसहित नगद ५० हजार, मेडल तथा शिल्ड जित्न सफल भएको छ । दोश्रो हुने टोली अर्चलबोटले नगद ३० हजार, मेडल तथा शिल्ड प्राप्त गरेको छ ।
प्रौढतर्फको उपाधि भने पृथ्वीचोक भेट्रान्सले जितेको छ । टोलीले नगद ३० हजार, मेडल र शिल्ड प्राप्त ग¥यो । यस्तै दोश्रो हुने टोली अर्घौं समाजले नगद २० हजार, मेडल र शिल्ड प्राप्त ग¥यो ।
विजयी खेलाडीलाई प्रतियोगिता संयोजक चन्द्रबहादुर पहरे पुन मगर, अध्यक्ष शिव पाइजा, ज्ञान पूर्जा, दूधबहादुर राम्जालीलगायतले पुरस्कार वितरण गरेका थिए ।




