शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो गार्डेन कप सेभेन ए साइड शुरु संगमको जित शुरुवात

दोस्रो गार्डेन कप सेभेन ए साइड शुरु संगमको जित शुरुवात


  • Dhorpatan News
  • फाल्गुन १३ २०७६, मंगलबार

पोखरा, १३ फागुन – गार्डेन युवा क्लब पोखराको आयोजनामा दोस्रो संस्करणको गार्डेन सेभेन ए साइड फुटबल प्रतियोगिता शरु भएको छ ।
मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा संगम फुटबल एकेडेमीले जित हात पारेको छ ।
प्रतियोगिताको पहिलो खेलमा संगम एकेडेमीले आयोजक गार्डेन क्लब जुनियरलाई टोइबे्रकरमा ३–२ गोलले हराउँदै पहिलो जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक उद्घाटन खेल गोल रहित बराबरिमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । निर्धारित समयको खेलमा कुनैपनि गोल हुन सकेन ।
आयोजक गार्डेन जुनियरका बवि भुजेलले प्रहार गरेको पेनाल्टी सेकेन्डबारमा लाग्दै बाहिरिए पछि आयोजक जुनियर हार व्यहोर्न बाध्य भएको हो । गार्डेनको लागि कृष्ण तामाङ र रवि बास्तोलाले पेनाल्टीमा गोल गरे । संगमको लागि भने प्रसन्न श्रेष्ठ, सम्भव तामाङ मनोज गुरुङले गोल गर्दै जित दिलाए । प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छन भने उप विजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्ने छन ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र गोलरक्षकले समान ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिताको उद्घाटन गर्दै वडा ११ का वडा अध्यक्ष मोहन बास्तोलाले खेलकुदको क्षेत्रले युवाहरुलाई सामाजिक क्षेत्रमा लाग्न प्रेरित गर्ने बताए । मैदान अभाव हुने ठाउँमा सेभेन ए साइड फुटबलले फुटबल प्रति थप मोह जगाउने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष मिलन गुरुङ, अध्यक्ष विनोद गुरुङ, किरण केसी लगायतले आफनो धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->