शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सहारा क्लबको रोमाञ्चक जित

सहारा क्लबको रोमाञ्चक जित

राष्ट्रिय खेलाडी सुजक सम्मानित


  • विजय नेपाली
  • फाल्गुन २२ २०७६, बिहिबार

पोखरा, २२ फागुन – पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक सहारा क्लबले रोमाञ्चक जित हात पारेको छ । १० खेलाडीमा सीमित सहाराले खेल सकिन २ मिनेट बाँकी रहँदा गोल गर्दै जित हात पारेको हो । सहाराले बिग्रेडलाई ३–२ गोल अन्तरले हराउँदै जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ भने निकै रोमाञ्चक बन्न पुग्यो । दोस्रो हाफमा कुल ५ गोल हुन पुग्यो । सहाराको जितमा त्रिदेव गुरुङ नायक बने । उनले महत्वापूर्ण दुई गोल गर्दै टोलिला जित दिलाए । पहिलो हाफको २५ औ मिनेटमा १० खेलाडीमा सीमित सहारा क्लब पोखराले बिग्रेडलाई निकै दबाबमा राख्यो । बिग्रेडले दोस्रो हाफमा आक्रमक खेल खेल्दै अग्रता लिए पनि जोगाउन भने सकेन । खेलको ५८ औँ मिनेटमा कजिम ए बुसरीको पासमा राजेश परियारले गोल गर्दै अग्रता लिएपनी अग्रता केही मिनेटको लागिमात्र सीमित रह्यो ।
सहाराको लागि खेलको ६२ औँ मिनेटमा सिएवे उइरिचले निकै उत्कृष्ट गोल गरे । उनले हेडमार्फत गोल गरे ।
१–१ गोलको बराबरीमा चलेको खेलको ६३ औँ मिनेट्मा बिग्रेडका लागि विजय गुरुङले गोल गर्दै टिमलाइ २–१ गोलको अग्रता बनाए पनि त्यो जोगिएन । डिफेन्समा निकै कमजोर देखिएको बिग्रेडको लागि निर्धारित समय भने गतिलो हुन सकेन । २–१ गोलले पछि परेको सहाराको लागि खेलको ७९ औँ मिनेटमा त्रिदेव गुरुङले निकै उत्कृष्ट गोल गर्दै बराबरी बनाए । उनले खेलको सयौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित दिलाए । अभिषेक रानामगरले दिएको पासमा त्रिदेव गुरुङले उत्कृष्ट गोल गरे । त्रीदेवले वान भर्सेस वानको अवस्थामा बिग्रेडका गोलरक्षक विशाल सुनारला फ्लिक गर्दै जाली चुमाए । यसअघि खेलको ६७ औँ मिनेटमा बिग्रेडका पदम भट्टराईको प्रहार फस्टबारमा लागेर रिवाउण्ड हुन पुग्यो । उक्त रिवाउण्ड भएको बललाई कप्तान अनिल गुरुङले प्रहार गर्दा गोल रक्षकले बचाउ गरे । अनिल गोल गर्नबाट चुके । निर्धा्रित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा रोकिएपछि खेलमा ३० मिनेट थप गरिएको हो । थप गरेको समयको पनि पहिलो १५ मिनेट गोल रहित बराबरीमा रोकियो । १० खेलाडीमा सिमित सहाराको खेल भने प्रशंसा गर्न लायक देखियो । सहाराले निर्धारित समयको अन्तिमतिर गोल गर्दै जित हात पारेको हो । त्रिदेव खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको पहिलो हाफ सकिदासम्म गोल रहित बराबरीमा रोकिएको थियो ।
खेल सुरु भएको पहिलो मिनेटमा नै सहाराका जिवन रायमाझी अफसाइड रहे । त्यस्तै,दोस्रो मिनेटमा सहाराका त्रीदेव गुरुङले राम्रो अवसर पाए पनि बिग्रेडका डिफेन्डरले प्रहार भने गर्न दिएनन् । खेलको ८ औ मिनेटमा सहराका कप्तान मनबहादुर तामाङले प्रहार गरेको लामो फ्रीकिक सोझै गोलरक्षकको हातमा पुग्यो । सहाराका जीवन रायमाझीले पहिलो हाफमै दोहोरो पहेलो कार्ड पाउँदै बाहिरिए ।
खेलको २५ औँ मिनेटमा बिग्रेडका गोलरक्षक विशाल सुनारलाइ फल गर्दै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । पहिलो हाफमै १० खेलाडीमा सिमित सहारामा सहारा एकेडेमीका ५ जना खेलाडी सहभागी छन । एकेडेमीका खेलाडीको बर्चस्व भएको यो पहिलो पटक हो ।
खेलको ३२ औ मिनेटमा बिग्रेडका कप्तान अनिल गुरुङले दिएको लामो क्रसपासमा काजेम ए बुसारी अफसाइड रहन पुगे । खेलको ३५ औं मिनेटमा जय गुरुङको पावर सट क्रसमाथी बाट बाहिरिए । खेलको ३७ औं मिनेटमा काजिमले पाएको अवसरको सदुपयोग गर्न सकेनन् । उनले डि एरिया नजिकै बाट प्रहार गरेको बल सेकेन्डबार नजिकैबाट बाहिरियो ।
खेलको ४३ आँै मिनेटमा कप्तान अनिल गुरुङले निकालेको पासमा बिजय गुरुङले गरेको प्रहारले पनि जाली चुम्न सकेन । खेलको ४४ औ मिनेटमा रोसन राना मगरको प्रहार फस्टबार नजिकैबाट बाहिरियो । १० खेलाडीमा सीमित सहाराले बिग्रेडलाइ निकै दबाबमा राखेको हो ।

राष्ट्रिय खेलाडी सुजक सम्मानित

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट सुजल श्रेष्ठ सम्मानित भएका छन । क्लबले वर्षेनी प्रदान गर्दै आएको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य सुजल श्रेष्ठलाई सम्मान गरेको छ । फुटबल खेलको विकासमा योग्दान पु¥याउने खेलाडीमध्ये एक खेलाडीलाई क्लबले सम्मान गर्दै आइरहेको छ । सुजललाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । क्लबले यसअघि किरण चेम्जोङ र भरत खवासलाई सम्मान गरिसकेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहारा ब्लबले कठिन परिस्थितिमासमेत प्रतियोगिता आयोजना गरेको कारण सबैले सहयोग गर्नुपर्ने बताए । नेपालमा पनि कोरोनाको त्रास भए पनि ढुक्क भएर प्रतियोगिता जारी राख्न मुख्यमन्त्री गुरुङले आग्रह गरे ।प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सांसद सुूर्यबहादुर केसिले खेलकुदको क्षेत्रमा राज्यले अझै पनि उचित कदम उठाउन नसकेको बताए । उनले स्वदेशी ब्रान्डलाई अझै पनि बजार दिन नसकेको बताए ।

सहाराको आक्रमक कम्ब्याक

 

१० खेलाडीमा सिमित हुनु आफैमा घातक मानिन्छ । घरेलु मैदानमा भएको खेलमा त्यही परिस्थितिमा थिया,े सहारा क्लब पोखरा त्यसमा पनि अनुभवि खेलाडी भएको टिम संग डेब्युमा उतारिएको एकेडेमीका खेलाडी । सहारा क्लब पोखराले पहिलो पटक आफ्नै एकेडेमीका ५ जना खेलाडीलाई पहिलो रोजाइमा राखेको थियो । पहिलो हाफमा नै १० खेलाडीमा सिमित भएर खेल जित्नु सानो कुरा भने होइन । तर खेलाडीको खेल र १ गोले पछि परेको अवस्थामा गोल गर्दै जित निकाल्नु महत्वपुर्ण हो । सहाराले बिग्रेडको कम्जोर डिफेन्सको सदुपयोग गर्दै खेल आफ्नो पक्षमा पार्यो । खेलमा सहाराको आक्रमक कम्ब्याकले खेल नै मोडिदियो । विग्रेडको डिफेन्समा निकै कमजोर देखियो । स्ट्राइक लाइनमा आकर्षक खेल खेलेको विग्रेडले आफ्नो सेन्टर ब्याक भने सम्हाल्न सकेन जुन बिग्रेडको लागि घातक सावित भयो ।
सहारा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङले खेल राम्रो भएको प्रतिक्रिया दिए । विष्णु भन्छन् ,‘खेल बराबरीमा पुगेपछी टाइब्रेकरमा लाने रणनीति अनुसार खेलेका थियौँ, नयाँ खेलाडीले खेलेका थिए ।’ एकेडेमीका खेलाडीहरुले डेब्यु खेलमा पनि निकै राम्रो खेल खेलेको बताए । ‘हामी हाम्रो कम्जोरीलाइ औल्याउँदै पुलिससँगको खेलमा अझ मिहेनत गर्नेछौँ, पुलिस बलियो टिम हो’, गुरुङले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->