शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एपीएफलाइ हराउदै झापा ११ क्वाटरफाइनलमा

एपीएफलाइ हराउदै झापा ११ क्वाटरफाइनलमा


  • विजय नेपाली
  • फाल्गुन २३ २०७६, शुक्रबार

पोखरा,२३ फागुन – पोखराको रंगशाला फुटबल मैदानमा भएको १८ औ संस्करणको आहा रारा गोल्डकप फुटबलमा एपिएफलाइ हराउदै झापा ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले एपीएफलाइ टाइब्रेकरमा ५/३ गोलले हराउदै अन्तिम आठमा प्रवेश गरेको हो । झापाका गोलरक्षक चम्किदा एपीएफ बाहिरिएको हो ।
टाइब्रेकरमा पुगेको खेलमा झापाका गोलरक्षक राजकुमार लिम्बुले एपीएफका सुदिप शिखकारको पेनाल्टी बचाउ गरे । झापाको लागी हेमन्त थापा मगर,मौसम लिम्बु,प्रमोद चौधरी, विशाल दर्जी र कप्तानी सम्हालेका संजित राइले गोल गरे भने एपीएफका लागी नविन लामा ,राजिव लोपचन ,राजु नगरकोटीले गोल गरे ।
खेल भर दुइ पेनाल्टी बचाएका झापा ११ का गोल रक्षक राजकुराम खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
शुक्रबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलको निर्धा्रित समय गोल रहित बराबरीमा रोकिए पछि अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको अतिरिक्त समय १(१ गोलको बराबरिमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
अतिरिक्त समयको पनि समय सकिन १० मिनेट बाकी रहँदा पाएको अवसरको सदुपयोग गर्दा एपीएफ माथी १(० को जित निकालेको थियो । एपीएफ भन्दा कम्जोर देखिएको झापाले पाएको अवसरको उचित सदुपयोग गर्दा एपीएफ घर फर्कीएको हो ।
खेलको १११ औ मिनेटमा झापा ११ का सुनिल खड्काले वान टच गोल गर्दै टिमलाइ अग्रता दिलाए । त्यस्तै खेलको १२० औ मिनेटमा एपिएफको लागी आकाश बुढामगरले गोल गर्दै बराबरी बनाए ।
झापा ११ का गोलरक्षक राजकुमार लिम्बुले विकु तामाङलाइ ताने पछि एपिएफले पेनाल्टिको अवसर पाएको थियो ।
खेलको ५४ औ मिनेटमा पाएको पेनाल्टीमा नविन लामा गोल गर्नबाट चुके । सेकेन्डबार च्याप्दै गरेको प्रहार गोलरक्षक राजकुमारले उत्कृष्ट बचाउ गरे ।एपिएफले गोल गर्ने स्वर्ण अवसर खेल फालेको हो ।
खेलको ६० औ मिनेटमा एपिएफका प्रविन स्याङतान एपीएफकाका गोलरक्षकलाइ बिट गर्दै गरेको प्लेसिङमा झापाका डिफेन्डर सन्जित राइ बाधक बने ।
एपिएफले २ वटा स्वर्ण गोलको अवसर गुमाएको हो ।
खेलको ७४ औ मिनेटमा एपीएफका राजिव लोपचनले २ डिफेन्सलाइ बिट गर्दै गरेको प्रहारलाइ झापाका गोलरक्षक उत्कृष्ट डाइभ गर्दै बचाउ गरे ।
एक पछि अर्को गोलको अवसर निकालेको एपीएफका लागी झापा ११ का गोलरक्षक राजकुमार निकै बाधक बने । निकै आक्रमक खेल खेलेको एपीएफको स्ट्राइक लाइन भने निकै कम्जोर देखियो । बारम्बार पाएको अवसरको सदुपयोग भने गर्न सकेन । उता डिफेन्सलाइनमै व्यस्त देखिएको झापा ११ लाइ भने बल विपक्षी पोस्टमा लान निकै हम्मे हम्मे पर्‍यो । झापालाइ एपीएफले पोस्ट प्रहार समेत गर्ने अवसर भने दिएन । निर्धा्रित समयमा थप गरिएको ४ मिनेटको समय सकिनै लाग्दा पाएको अर्को अवसरमा झापाका कप्तानी सम्हालेका संजित राइ बाधक बने । उनले २ गोल जोगाए । एपीएफका विकु तामाङले गोलरक्षक राजकुमारलाइ फ्लिक गर्दै प्रहार गरेको बल राइले जोगाए ।
पोखरा रंगशाला निर्माणाधीन फुटबल मैदानमा एपिएफ र झापा ११ बिच भएको खेलको पहिलोहाफ गोल रहित बराबरीमा रोकिएको हो ।
खेलको १३ औ मिनेटमा एपिएफका आकाश बुढा मगरले पोस्ट नजिकै बाट गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरीयो ।
खेलको २१ औ मिनेटमा एपिएफका नविन लामाले झापाका गोलरक्षक अगाडी बढ्ने क्रममा फ्लिक गरेको बल क्रसबार माथी बाट बाहिरियो ।
त्यस्तै खेलको ३१ औ मिनेटमा झापा ११ का अभिषेक गुरुङले दिएको क्रसपासमा सरोज कार्कीको प्रहार क्रसबार माथीबाट बाहिरीयो । खेलको ४४ औ मिनेटमा एपिएफका प्रदिप लामाले गरेको लामो प्रहारलाइ झापाका गोलरक्षक राजकुमार लिम्बुले पन्च गर्दै जोगाए । पहिलो हाफमा झापा माथी एपिएफ हावी देखियो । झापाका गोलरक्षकले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे । खेलाडीले सहजता लिदाँ हार व्यहोर्नुपर्‍यो स् राजेन्द्र केसि
एपीएफका मुख्य प्रशिक्षक राजेन्द्र केसिले झापा ११ लाइ सहज लिदा हार व्यहोरेको स्विकारेका छन । झापा ११ मा साना खेलाडीको बर्चस्व रहेको हुदाँ खेलाडीले गतिलो खेल नखेलेको बताए । “ हाम्रो महत्त्वपूर्ण खेलाडीको सहभागिता छैन, जुनियर खेलाडी देख्दा पेलेर खेल्दा नतिजा उल्टो देखियो“ उनले भने ।

मुख्य ६ खेलाडी छैनन स् सन्तोष गुरुङ
झापा ११ का मुख्य प्रशिक्षक सन्तोष गुरुङले जुनियर खेलाडी लिएर पनि जित हात पार्दा खुशी भएको प्रतिक्रिया दिए । “ हाम्रा ६ खेलाडी मछिन्द्रमा छन उनिहरु बिना नै मैदान उत्रिएका थियौ हामिले मिहेनत गरेर नै जित हात पारेको हो “ उनले भने । “हाम्रो सुनिल खड्का र हेमन्त बाहेक सबै खेलाडी सि डिभिजन खेल्ने खेलाडी छन, तर पनि ए डिभिजन खेलाडीलाइ जित्यौ“ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->