पोखरा, २४ फागुन – १८ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सहारालाइ हराउदै नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्माणाधीन पोखरा रंगशाला फुटबल मैदानमा जारी प्रतियोगितामा सहारा क्लब पोखरालाइ टाइब्रेकरमा ४/२ ले हराउदै पुलिस क्लब अन्तिम चारमा प्रवेश गरेको हो । शनिवार भएको पहिलो क्वाटरफाइनल खेलको निर्धा्रित र थप गरिएको ३० मिनेटको समय १/१ गोलको बराबरीमा रोकिए पछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
पुलिसका गोलरक्षक रोशन खड्कले सहाराका लिरिच राम्जेको प्रहारलाइ रोके । पुलिसको लागी भरत शाह, शौजन याकाह राइ , हेम तामाङर सुमन सुवेदीले गोल गरे । सहाराका गोलरक्षक अर्पण कार्कीले पुलिसका अनुप लिम्बुको प्रहार रोकिदिए । त्यस्तै सहाराको लागी आशिष गुरुङ, अजय श्रेष्ठले गोल गरे भने त्रीदेव गुरुङको प्रहार बाहिरियो । खेलको म्यन अफ दि म्याच पुलिसका गोलरक्षक रोशन खड्का घोषित भए । पुलिसका कप्तान भोला शिलवाल रातो कार्ड खादैँ बाहिरिए । उनले खेलको ९२ औ मिनेटमा र ११९ औ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउदै बाहिरीए ।
निर्धा्रित ९० मिनेटको खेल १/१ गोलको बराबरीमा रोकिए पछि थप गरेको ३० मिनेटमा पनि दुबै टोलिले कुनै पनि गोल गर्न भने सकेनन् । पुलिसले आफ्नो अग्रता जोगाउन नसक्दा जितको लागी टाइब्रेकरको सहायता लिन परेको हो ।
खेलको ७५ औ मिनेटमा पुलिसका भरत शाहले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुमेको हो । तर सहाराले खेल सकिन केहि सेकेन्ड बाकी रहँदा गोल गर्दै बराबरी बनाएका थिए । त्यसपछी सहाराले पुलिसलाइ कुनै पनि गोल गर्ने अवसर भने दिएन ।
९० मिनेटको खेलमा थप गरिएको ४ मिनेटको पनि अन्तिम समयमा सहाराका परिवर्तित खेलाडी अजय श्रेष्ठले गोल गर्दै बराबरी बनाए ।
९४ औ मिनेटमा कप्तान मानबहादुर तामाङले दिएको क्रसपासमा उत्कृष्ट गोल गरे । खेलको पहिलो हाफमै सहाराका गोलरक्षक घाइते देखिए । पुलिसले प्रहार गरेको फ्रीकिक रोक्ने क्रममा सहाराका गोलरक्षक अर्पण कार्कीको हातमा लाग्दा घाइते हुन पुगे । खेलको ८ औ मिनेटमा निरकुमार राइले प्रहार गरेको फ्रीकिकलाइ उत्कृष्ट बचाउ गर्दा अर्पण केहि घाइते देखिए । खेलको २४ औ मिनेटमा सहाराका अनिष पोमु लिम्बुको हेड क्रसबार नजिकैबाट बाहिरियो । कमल थापामगरको फ्रीकिक प्रहारमा विदेशी खेलाडीले लिरिच रामजे दिएको हेडपासमा उनले हेड हानेका थिए । खेलको ३९ औ मिनेटमा पुलिसका निरकुमार राइको प्रहार क्रसबारमा लाग्दै फर्कीयो । शारीरिक रुपमा बलियो देखिएको पुलिसले सहारालाइ केहि दबाबमा राखे पनि गोल गर्न भने सकेन । खेलको ६४ औ मिनेटमा सहाराका सुमित श्रेष्ठको उत्कृष्ट प्रहार सेकेन्डबारमा लागी फर्किदा गोलको अवसर गुम्यो । पुलिसका गोलरक्षक रोशन खड्काले नभेटेको बल सेकेन्डबारमा लाग्दै खड्काको हातमा आएको थियो । सहाराका गोलरक्षक अर्पण बारम्बार केहि समस्यामा परेको देखिए ।





