पोखरा, २६ फागुन – पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपमा रुस्लान थ्रिस्टारको खेल चलिरहँदा दर्शकहरु ७८ मिनेट सम्म निराश नै थिए । भारतको गङ्टोक क्लबलाई खेलको ७९ औ मिनेटमा गोल गरेर १–० गोल को अग्रता बनाए पनि दर्शक भने निराशा नै देखिए कारण थियो थ्रिस्टारले गोलको संख्या नबढाउनु । र एकाएक खेल सकिन बाकि रहेको अन्ति एक मिनेटमा थ्रिस्टारले थप दुई गोल गरे पछि बल्ल थ्रि स्टारका समर्थकले भन्न थाले विक्रम दाई सहि हो आइ लव यु । अन्ति समयमा लगातार दुई गोल गर्दै थ्रिस्टारले सानदा्र जित निकाल्यो र दर्शकको मन जित्यो ।
डिफेन्डिङ च्याम्पियन थ्रीस्टार जित संगै १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला निर्माणाधीन फुटबल मैदानमा भएको प्रतियोगितामा रुस्लान थ्रीस्टारले भारतको गङ्टोक क्लब माथी ३–० गोलको फराकिलो जित निकालेको हो । थ्रीस्टारले सबै गोल खेल सकिन बाकिँ १३ मिनेट भित्र गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोलि भारतको गङ्टोकमाथी सहज जित निकाल्दै डिफेन्डिङ च्याम्पियन थ्रीस्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थ्रीस्टारको जितमा सुशान श्रेष्ठ नायक बने । उनले व्यक्तिगत दुइ गोल गर्दै थ्रीस्टारको जित निश्चित गरे । उनले खेलको अन्तिम समयमा नै दुबै गोल गरे । उनले एक मिनेटमा दुइगोल गर्दै टोलिलाइ जित दिलाए । उनले खेलको ९२ औ र ९३ औ मिनेटमा गोल गरे । निर्धा्रित समय सकिए लगत्तै थप गरिएको ३ मिनेटको समयमा थ्रीस्टारले दुइ गोल गर्न सफल भएको हो । दुबै गोल विपक्षी डिफेन्सबाट खोसी गोलमा परिणत गरे ।
त्यस्तै सन्जोक राइले खेलको ७९ औ मिनेटमा वान भर्सेस वानको परिस्थितिमा सन्जोकले उत्कृष्ट गोल गरे । दिपेश घलेले दिएको पासमा उनले सेन्टरलाइ देखी बल अघि बढाउदै गोल गरे ।
खेलको छैटौं मिनेटमा भरातको गङ्टोक क्लबका सिदान्त क्षेत्रीको हेड प्रहारले जाली चुम्न सकेन । टि लेहनदुप भुटियाले दिएको क्रसमा सिदान्त अन मार्क रहदै हेड गरे पनि जाली चुम्न भने सकेन । खेलको १७ औ मिनेटमा थ्रीस्टारका निशान खड्काको फ्रीकिक प्रहार क्रसबार नजिकैबाट बाहिरियो । भारतका लेहनदुप भुटियाले थ्रीस्टारका सुशान श्रेष्ठलाई फल गरेपछी फ्रीकिकको अवसर पाएको थियो । त्यस्तै २० औ मिनेटमा पाएको अर्को फ्रीकिकमा कप्तान विमल लामाले गरेको हेडप्रहारले जालि चुम्न सकेन । भारतका अफजल अन्सरीले थ्रीस्टारका सन्जोक राइलाइ फल गरेपछी फ्रीकिकको अवसर पाएको थियो । खेलको २२ औं मिनेटमा थ्रीस्टारले पाएको पहिलो कर्नरमा कप्तान विक्रम लामाले हेड गरे पनि गोल गर्न भने चुके त्यस लगत्तै २३ औ मिनेटमा पाएको कर्नरमा अनन्त तामाङको हेड सिधै गोलरक्षकको हातमा र्पयो । खेलको ४२ औ मिनेटमा गङ्टोकका डन ट्स्गृङ लेह्पचाको सुन्दर फ्रीकिक फस्टबार नजिकै बाट बाहिरिन पुग्यो । खेलको ४० औ मिनेटमा थ्रीस्टारका कप्तान विक्रम लामाले पहेँलो कार्ड पाए । पहिलो हाफमा केहि खस्कीएको खेल खेलेको थ्रीस्टारले दोस्रो हाफमा भने सुधारिएको खेल प्रदर्शन र्गयो । दोस्रो हाफमा भने गङ्टोक माथि थ्रीस्टार हावी देखियो । जित पछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसिले गङ्टोक निकै राम्रो टिम भएको प्रतिक्रिया दिए । “ हामिले विपक्षी टिम कस्तो छ भनेर देखेको थिएनौं, तर टिम निकैनै राम्रो रहेछ, अन्तिम समय सम्हालिन नसक्दा हामिले जित हात पारेका छौ“ केसिले भने । “ हाम्रो खेल ५०(५० को थियो जित कस्को पक्षमा जान्छ समेत थाहा थिएन हामिले कम्जोरी थाहा पायौ र त्यसैको फाइदा उठायौ“ प्रशिक्षक केसिले भने । थ्रीस्टारमा ३ जना बाहेक सबै नयाँ खेलाडी रहेको जानकारी दिए । उनले दर्शकहरुलाइ टिमको बारेमा थाहा नभएर निराश भएको बताए । “ दर्शकहरुले पनि हाम्रो बारेमा बुझ्न जरुरी छ , हामिले सबै जसो नयाँ खेलाडी लिएर आएका छौ हामी सेट हुन अझै केहि समय लाग्छ“ उनले भने । थ्रीस्टारमा अहिले ३ जना राष्ट्रिय खेलाडी रहेका छन गत वर्ष सम्म ११ जना नै राष्ट्रिय खेलाडी समेत रहेको क्लबमा अहिले विक्रम लामा, अनन्त तामाङ र मिकचेन तामाङ रहेका छन भने बाकी खेलाडी नयाँ रहेका छन । पुलिस संगको खेलमा थप सुधार गर्ने उनले बताए ।
त्यस्तै पाहुना टोलिको रुपमा आएका भारतको गङ्टोक क्लबको मुख्य प्रशिक्षक मायाल डोक लेप्चाले रेफ्रीको निर्णयबाट सन्तुष्ट नरहेको प्रतिक्रिया दिए ।
पहिलो गोलको निर्णय गलत रहेको बताए । “ पहिलो गोल अफसाड हुनुपर्ने हो, खेलमा हार जित हुन्छ तर निर्णय गलत हुनुहुदैन “ उनले भने । “ पहिलो हाफ बराबरीमा रहदाँ विपक्षीको डिफेन्सको हात लाग्दा समेत पेनाल्टी दिन पर्ने हो तर पाइएन“ उनले भने ।





