पोखरा, २९ फागुन पाचँ पटकको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको विजेता मनाङ मस्र्याङ्दी क्लब १८ औँ आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मि क्लबलाई ३–२ गोल अन्तरले हराउँदै आर्मी १० औँ पटक आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । मनाङ आहा रारा गोल्डकपमा सर्वाधीक फाइनल प्रवेश गर्ने टिम समेत भएको छ । भने क्याराभान गोल्डकपमा समेत मनाङ फाइनल प्रवेश गरेको थियो । मनाङले आहा गोल्डकपमा ५ पटक उपाधी चुमेको छ भने ४ पटक उपविजेतामा चित्त बुझाएको थियो । त्यस्तै क्याराभान गोल्डकपमा पनि मनाङ उपविजेतामै सिमित भएको थियो ।
विहिबार पोखरा रंगशाला स्थित निमार्णधीन फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा उपाधीको दाबेदार मानेको आर्मीलाई हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो । मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अञ्जन विष्टले गोल गरे ।
खेलको चौथो मिनेटमा मनाङका फ्लोरेन्टले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले अन्जन विष्टको पासमा गोल गरे । खेलको २९ औ मिनेटमा विमल राना र ८१ औ मिनेटमा अञ्जन विष्टले गोल गर्दै मनाङलाई जित दिलाए ।
पहिलो हाफमा नै २–० ले पछि परेको आर्मीले पहिलो हाफको ४१ औ मिनेटमा गोल गर्दै अग्रता घटायो । आर्मीको लागि कप्तान भरत खवासले गोल गरे । उनले सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले दिएको हेडपासमा खवासले गोल गरे । खेलको ८१ औ मिनेटमा थप १ गोल खादैँ ३–१ को स्थितिमा पुगेको आर्मीले ८३ औ मिनेटमा गोल गर्दै अग्रता घटाए । आर्मीको लागि दिप लामाले गोल गर्दै आर्मीको आस जगाए पनि पाएको अवसरको सदुपायोग गर्न नसक्दा हार व्यहोरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको १८ औं मिनेटमा मनाङका अन्जन विष्टले गरेको प्रहारले जाली चुम्न सकेन । खेलको १९औं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले बचाउ गरे । २२ औं मिनेटमा आर्मीका सन्तोष तामाङको फ्रिकिकमा जर्ज्प्रिन्स कार्कीले प्रहार गरेको बल आकाशियो । २४औं मिनेटमा दयानन्द सिंहले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।
५९ औं मिनेटमा बिमल रानाको क्रस पासमा पेनाल्टी बक्समा अनमार्क रहेका अन्जन बिष्टको हेडर आर्मीका गोलरक्षक विवश चौधरीले सहजै नियन्त्रणमा लिए । ६९औं मिनेटमा जर्ज्प्रिन्स कार्कीको हेडर क्रसबारबाट बाहिरियो ।
७४ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले मुस्किलले पञ्च गर्दै बचाए । लगत्तै कर्नरमा आएको बलमा सोजित नै बाधक बन्दा आर्मी बराबरीबाट चुक्यो ।
मनाङले फाइनलमा नेपाल पुलिसको सामना गर्दै छ । ९ पटक आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले पनि ५ पटक उपाधी चुमिसकेको छ भने ३ पटक उपविजेतामा सिमित भएको टिम हो । पुलिस क्याराभान गोल्डकपको समेत विजेता टिम हो ।
क्याराभान सहित आहा रारा गोल्डकपमा मनाङ र पुलिसको यो तेस्रो भेट हो । क्याराभान गोल्डकपमा पुलिस विजेता हो भने आहा रारा गोल्डकपमा भने दुइ पटक मनाङ विजेता बन्न सफल टिम हो ।





