स्याङ्जा, १० चैत – लागुऔषध सहित एक युवालाई पक्राउ गरिएको छ । पुतलीबजार नगरपालिका १ ट्याक्सी चोकबाट बागलुङ नगरपालिका २ बस्ने २१ वर्षीय साहिल परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
परियारलाई संकास्पद अवस्थामा भेटिएपछि । नियन्त्रणमा लिएर उनले बोकेको झोला चेकजाच गर्ने क्रममा डाइजेपाम १९, एम्पुल फेरागन १८, ब्रुपिनोफिन १९ थान गरि जम्मा ५६ थान फेला पारेको प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारि दिए ।
आइतबार पक्राउ परेका परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





