जोमसोम, ११ चैत – मुस्ताङमा पनि सरकारले गरेको लक डाउन निर्णय कार्यान्वयमा ल्याईएको छ । सेवाप्रदायक सबै निकाय ठप्प छ । यस्तो बिषम अवस्थामा बिरामी परे आपत्काििलन सेवा आवश्यक पर्ने हुन्छ । मुस्ताङमा आपत्कालिन अवस्थामा सेवा दिने सरकारी तथा गैरसरकारी निकायका सवारी साधनको अभाव छ ।
कोरोनाको भयावह परिस्थिती र सुन्य समयलाई आत्मसाथ गर्दै युवा संघ मुस्ताङका संयोजक रमेश गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्लाबासीको हितमा आपत्कालिन सेवा गर्ने जनाएका हुन् । उनले लक डाउन अवधिभर जिल्ला भित्र बसोबास गर्ने कुनै पनि सर्वसाधारणलाई कुनै अप्ठ्यारो र बिरामी परेको खण्डमा तुरुन्त तल उल्लेखित फोन नम्बरमा खबर गरे निःशुल्क यातायात सेवाको व्यवस्था मिलाएको जनाए । उनले आफ्नो सेवा विशुद्ध मानवीय सहयोग भएको उल्लेख गरे ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङ अगाडी आफ्नो निजी सवारी सहित उपस्थित भएका संयोजक गुरुङले मुस्ताङका प्रजिअ वेदप्रकास अर्याल समक्ष जिपको साचो हस्तान्तरण गरे । उनले सरकारले घोषणा गरेको लक डाउन अवधिभर बिरामी ओसार–पोसार गर्न जिप उपलब्ध गराएको र सेवा गरे वापत कुनै शुल्क नलिने बताएका छन् ।
निःशुल्क आपत्कालिन सेवाका लागि संम्पर्क : प्रमुख जिल्ला अधिकारी : ९८५७६३७७७७, रमेश गुरङ : ९८५७६५०३५७





