५ हजार वर्ष पुरानो चिनिया प्राकृतिक उपचार पद्धतिको अध्ययन गर्दा, बिभिन्न ऋषिमुनी हरूद्वारा रचित प्राकृतिक उपचार तथा आयुर्वेदका पुस्तक हेर्दा त्यहाँ ‘ग्रिन टी’ लाई बिभिन्न रूपमा प्रयोग गरेको देखिन्छ । जापान र चिनमा परापूर्वकालदेखि नै ग्रिन टी लाई एक उच्चकोटीको स्वास्थ्यवर्धक पेय पदार्थको रूपमा प्रयोग गरेको देखिन्छ । फलस्वरूप जापानिज र चाइनिजको स्वास्थ्यस्तर राम्रो छ र औषत आयू पनि धेरै बढी छ । आजसम्मको मेरो व्यक्तिगत अनुभवमा पनि ‘ग्रिन टी’ एक अत्यन्तै स्वास्थ्यवर्धक पेयपदार्थ रहेको महशुस गरेको छु । तर ग्रिन टी भन्दैमा जस्तोसुकै र जथाभाबी पिउँदा नकारात्मक असर पनि पार्न सक्छ है !
बिस्तारै अहिले नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरि स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् । दूध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टीमा रस भिज्न अलि समय लाग्छ ।
ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ,त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन् ।
ग्रिन टी भारत र चीनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरिरको तापक्रम नियमित राख्न औषधिको रुपमा प्रयोग गरिन्छ । पछिल्ला अनुसन्धानले ग्रिन टीले तौल घटाउनेदेखि लिएर कलेजोको समस्या तथा टाइप टु डाइबेटिजसम्मका लागि पनि सकारात्मक असर पर्ने पुष्टि गरेका छन् ।
चिनी नहालिएको ग्रिन टीमा जिरो क्यालोरी हुन्छ । यसमा क्याफिनको मात्र निकै थोरै हुन्छ । उदाहरणका लागि एक कप ब्ल्याक टीमा क्याफिनको मात्रा ५० मिलिग्राम र कफीमा ९५ मिलिग्राम हुन्छ भने ग्रिन टीमा २० देखि ४५ मिलिग्राम मात्र हुन्छ । ग्रिन टी संभवतः विश्वमै सबैभन्दा स्वस्थ पेय मानिन्छ । जसमा अन्य चियामाभन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छन् । यसमा पोलिफेनल्स नामक प्राकृतिक रासायनिक पदार्थ हुन्छ । जसमा क्यान्सर तथा जलन निवारण गर्ने क्षमता हुन्छ ।
नेशनल क्यान्सर इन्ष्टिच्यूटका अनुसार ग्रिन टीमा पाइने पोलिफेनलले ट्युमर घटाउन मद्दत गर्छ र पराबैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ । ग्रिन टी उपभोग बढी हुने देशमा क्यान्सरको दर पनि कम भएको पाइएको छ । तर, क्यान्सर घट्ने कारण ग्रिन टी नै हो कि अन्य कुनै हो भन्ने बारेमा पनि अझै पनि स्पष्ट भैसकेको छैन । अध्ययनहरुमा ग्रिन टी उपभोग नगर्नेभन्दा गर्नेमा प्याङ्क्रियाटिक क्यान्सर हुने सम्भावना ५० प्रतिशत कम भएको पत्ता लागेको थियो ।
ग्रिन टीले महिलाहरुको स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सरमा रोकथामको लागि सकारात्मक प्रभाव पारेको पाइएको थियो । अनुसन्धानकर्ताहरुले के विश्वास गरेका छन् भने, ग्रिन टीमा पाइने पोलिफेनल तत्वले क्यान्सरयुक्त कोषिकाहरु मार्न सहयोग पु¥याइ बढ्नबाट बचाउँछ ।
सन् २००६ तिर अमेरिकन मेडिकल एशोसियसनको जर्नलमा प्रकाशित अनुसन्धानमा निष्कर्ष निकालिएको छ,‘ग्रिन टीको उपभोग मुटुजन्य रोगबाट हुने मृत्युदरलाई कम गर्नेसँग सम्बन्धित छ । यो अध्ययनका क्रममा ४० देखि ७९ वर्षबीचका ४० हजार जापानीलाई ११वर्षसम्म अध्ययन गरिएको थियो । दैनिक ५ कपसम्म ग्रिन टी पिउने मानिसलाई तुलनात्मक रुपमा मुटुसम्बन्धी रोग कम लागेको पाइएको थियो । यस्तै, अर्को अध्ययनमा दैनिक १० कपसम्म ग्रिन टी पिउनेलाई कोलेस्टेरोल कम भएको पाइएको थियो, तर, दैनिक ४ कप वा सोभन्दा कम खानेमा कोलेस्टेरोल लेबलमा कुनै परिवर्तन आएको थिएन । यस्तै, बेलायती अनुसन्धानकर्ताहरुले ग्रिन टीले प्रोस्टेटक् यान्सरविरुद्ध लड्न मद्दत पु¥याउने उल्लेख गरेका छन् । उनीहरुले ग्रिन टीसँगै ब्रोकाउली, बेसार तथा अनारले क्यान्सरविरुद्ध लड्न मद्दत पु¥याउने बताएका छन् । दीर्घरोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी हो, ग्रीन टी । अध्ययनहरुमा के पनि पाइएको छ भने, ग्रीन टीले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ । शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टी लाभदायक हुन्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टी उपयोगी हुन्छ । तौल नियन्त्रणका लागिसमेत ग्रीन टी प्रयोग गर्न सकिन्छ ।
धेरैजसो सेलिब्रेटीहरू नियमित रुपमा ग्रीन टी पिउने गरेका छन् । तन्दुरुस्ती, सौन्दर्य, थकान कम गर्न, तौल शन्तुलन बनाइराख्न र पाचन प्रक्रिया चुस्त दुरूस्त राख्नको लागि । कतिपय नेपाली सेलिव्रेटीहरू पनि यसलाई आफ्नो नियमित खुराक बनाउने गरेका पाइएको छ ।
के पाइन्छ ग्रीन टीमा ?
एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टी । यो एन्टिअक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ । स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ । ग्रीन टीमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
यसमा एपिगलोकेटेशिन–३ गलेट पाइन्छ ।जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ ।
किन पिउने ?
दिमाग स्वस्थ राख्छ । चिया, कफीलगायत पेय पदार्थमा भन्दा ग्रिन टीमा क्याफिनको मात्रा साह्रै कम हुन्छ । ग्रिन टीमा पाइने जति क्याफिन दिमागका लागि राम्रो मानिन्छ।ग्रिन टीमा एमिनो एसिड, एल–थियानाइनजस्ता तत्व पनि पाइन्छ, जुन क्याफिनसँग मिसिँदा दिमाग तेज र स्वस्थ हुन्छ ।
दाँत बलियो बनाउँछ
ग्रिन टीम क्याटचिन नामक तत्व पाइन्छ जसले दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ ।
आयू बढाउँछ
जापानमा गरिएको एउटा अनुसन्धानले नियमित ग्रिन टी (पाँच कप अथवा बढी) खानेहरूको आयू बढी हुने गरेको पाइएको थियो ।
नियमित ग्रिन टी खानेहरूमा हृदयसम्बन्धि रोग र हृदयाघातबाट मृत्यु हुने क्रम कम रहेको पाइएको थियो ।
क्यान्सरको जोखिम कम गर्छ
ग्रिन टीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । तसर्थ, नियमित ग्रिन टी पिउने व्यक्तिको शरीर चाँडै विकाररहित हुन्छ र क्यान्सरलाग्ने जोखिम कम हुन जान्छ ।
ग्रिनटी खाने महिलालाई स्तनसम्बन्धि क्यान्सर लाग्ने जोखिम २२ प्रतिशतले कम हुन्छ । त्यस्तै यो पेय नियमित खानाले पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम ४८ प्रतिशतले कम हुन्छ ।
कोलेस्ट्रोल सन्तुलनमा राख्छ
ग्रिन टी खानाले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्न पाउँदैन र सन्तुलनमा रहन्छ ।
ग्यास्ट्रिकको समस्याबाट पूर्ण मुक्ति
दूधचियामा जस्तो क्षणभरलाई जिब्रोको स्वाद नदिए पनि ग्रिन टीको सेवनले ग्यास्ट्रिकको जोखिमबाट दूर राख्दछ ।
भयानक रोगहरूलाई निर्मूल
क्यान्सर, उच्च रक्तचाप, मधुमेह लगायतका रोगहरू निर्मुलनमा समेत यसको भूमिका अथाह हुन्छ । एपिगलोकेटेशिन–३ गलेटजस्ता तत्वभएका कारण यसले क्यान्सरको कोशिकालाई बढ्न नदिने विशेषज्ञहरू बताउँछन् । ग्रीन टीले क्यान्सरको जोखिमलाई २५ प्रतिशतसम्मकम गर्ने पनि वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।
मुटुको ख्याल गर्ने
ग्रीन टीमा एन्टिअक्सिडेन्टको मात्रा हुन्छ । यसले मुटुसम्बन्धि रोग लाग्न नदिएर मस्तिष्कको कार्यसम्पादनमा सुधार ल्याउने गर्दछ । यसको अर्को प्रभाव भनेकै रगतमा भएको कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्नु हो ।
तौल नियन्त्रण
तौल नियन्त्रणका लागि समेत ग्रीन टी पिउन सकिन्छ । कोलेस्ट्रोलको मात्रालाई मिलाउने र शरीरलाई स्फुर्त गराउन ग्रिन टीले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
अन्य फाइदाहरू
माथि उल्लेखित फाइदाहरू बाहेक ग्रिन टीको अर्को फाइदा सही लतको सुरुवात पनि हो । ग्रीन टी स्वास्थ्यका लागि कति हितकारी छ भन्ने कुरामा त अध्ययन अनुसन्धान भएको छ । त्यसको मतलवस् ग्रीन टी समग्र शरीरको लागि अमृत समान हो ।
समग्रमा ग्रिन टी ले अदभुत रूपमा रोग प्रतिरोधक क्षमताको पनि बृद्दी गर्छ ।
कति पिउने ?
ग्रीन टीले स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जति पनि पिउनु ठीक होइन । एक दिनमा तीन वा चार कपसम्म ग्रीन टी पिउनु सही हुन्छ । त्योभन्दा बढी पिउनु कलेजोका लागि हानिकारक हुनसक्छ ।
कहिले पिउने ?
खाली पेटमा पिउनुहुन्न
यदि तपाईंलाई ग्रीन टी खाने बानी परेको छ भने एउटा कुरा ध्यान दिनैपर्छ । पेट खाली भएको बेलामा ग्रीन टी पिउनै हुँदैन । एक कप ग्रीनटी मा करिब २५ ग्राम क्याफिन हुन्छ । यदि तपाईंले दिनमा चार(पाँच कप ग्रीन टी पिउनुभयो भने तपाईंको शरीरमा क्याफिनको मात्राबढ्छ ।
क्याफिनको मात्रा बढेपछि तपाईंलाई रिंगटा लाग्न थाल्छ । डर समेत लाग्न थाल्छ । यसबाहेक मधुमेह, कब्जियत, अनिन्द्रा जस्तासमस्या समेत देखिन्छ । यसका साथै खाली पेटमा ग्रीन टी सेवन गर्नाले एसिडिटीको समस्या समेत पैदा हुन्छ ।
खानासँग पनि ग्रीन टी पिउनुहुन्न
त्यसै पनि खानासँग चिया पिइँदैन । यद्यपि, कसै(कसैलाई खानासँगै ग्रीन टी सेवन गर्ने बानी हुन्छ । जुन राम्रो होइन । ग्रीन टीमाक्याटेडिन हुन्छ, जसले शरीरमा आइरनलाई अवशोषित गर्न पाउँदैन । जसबाट शरीरमा आइरनको कमी हुन्छ । त्यसैले खाना खाएकोकेही समयपछि मात्र ग्रीन टी पिउनुपर्छ ।
ग्रीन टी विहान, दिउसो वा साँझमा पिउन सकिन्छ । यद्यपी विहान मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टी पिउनुपर्छ । खाना खानुभन्दा एक घण्टा अघि वा पछि पिउन सकिन्छ ।
ग्रीन टी बनाउने र सर्भ तरिका
ग्रीन टीको सबैखाले फाइदालाई राम्रोसँग प्राप्त गर्नको ग्रीन टी बनाउने उपयुक्त तरिकाको बारेमा जानकार हुनुपर्छ ।राम्रोसँग ग्रीन टीबनाउनुहोस् । पानी उमालेर त्यसलाई एकछिन ३०(६० सेकेण्डसम्म त्यत्तिकै राखिदिनुहोस् जसले यसलाई अलि चिसो बनाउँछ । तपाईलेचिया बनाउनको लागि प्रयोग गर्ने पानीको गुणस्तर र पानीको तापक्रमले ग्रीन टीको स्वादलाई फरक पार्छ । स्वादको लागी मह मिसाएरसेवन गर्न सकिन्छ ।
सेरामिक्सको टी पट तातोपानीले पखाल्नुहोस्
यसलाई पट न्यानो बनाएको पनि भनिन्छ र यसले चियालाई भाँडो आफैंले चिसो बनाउन दिँदैन ।
ग्रीन टी पटमा राख्नुहोस्
चियाका पातहरू अलि खुकुलो बनाउनुहोस् जसले चियाको स्वाद उच्च कोटीको बनाउँछ । एक कप चिया बनाउनको लागि एक चम्चा ९३ग्राम० चिया राख्न सबैभन्दा उत्तम हुन्छ । धेरै जनाको लागि चिया बनाउँदै हुनुहुन्छ भने पनि त्यहीअनुसार चिया बनाउनुहोस् ।
ग्रीन टीमा तातोपानी राखेर एकछिन भिज्न दिनुहोस्
पानीमा भिजाउने समय तपाईंले प्रयोग गर्नुभएको ग्रीन टीको प्रकारमा भर पर्छ । सामान्यतया ग्रीन टीलाई १(३ मिनेटसम्म भिजाउनुपर्छ ।एकपटक भिजाइसकेपछि चियाको पातलाई निकाल्नुहोस् ।
ग्रीन टी धेरैबेर पानीमा भिजाउनुभयो भने धेरै तीतो हुन्छ । चियाको स्वाद मन्द लाग्यो भने धेरै चियाको पात प्रयोग गर्न सक्नुहुन्छ वा एकमिनेट बढी भिजाउन सक्नुहुन्छ ।
सेरामिक कपको सेटमा चिया राख्नुहोस
परम्परागत रूपमा जापानी ग्रीन टी भित्री भाग सेतो भएको सानो सेरामिक कपमा सर्भ गरिन्छ । जसमा सजिलै चियाको रंग देख्नसकिन्छ । सेरामिक बाहेकको अन्य कपले चियाको स्वादलाई असर गर्नसक्छ । जति सानो कप भयो चिया उति राम्रो गुणस्तरको हुन्छ ।
चियालाई कपमा भर्दा तीनपटकमा भर्नुहोस्
कपमा भर्दा पहिले भरेको चिया अन्तिमभन्दा कमजोर हुन्छ त्यसैले चियाको स्वाद सबै कपमा बराबर बाँडियोस् भन्नका लागि प्रत्येककपलाई एक तिहाइको दरले भर्दै जानुहोस् । पहिलो राउन्डमा सबै कप एक तिहाइ भरेपछि दोस्रो राउन्डमा दुई तिहाइ भर्नुहोस् रअन्तिममा सबै भर्नुहोस् । यसलाई ‘साइकल पोरिङ’ पनि भनिन्छ ।
कपमा कसैलाई पनि भरी चिया नदिनुहोस् । सामान्यतः कप ७० प्रतिशत भरिएको राम्रो मानिन्छ।
ग्रीन टी पिउने तरिका
कपलाई दाहिने हातले समाउनुहोस् र बाँया हातले त्यसलाई तलबाट सपोर्ट गर्नुहोस्
जापानी भाषामा ‘युनोमी’ भनिने ग्रीन टी पिउने कपलाई दुवै हातले समाउनु पर्छ । दुवै हातले समाएर खानु जापानमा सबैभन्दा राम्रोशिष्टाचार मानिन्छ ।
चिया पिउँदा आवाज नआउने गरी बिस्तारै पिउनुहोस्
तातो चियालाई फुक्दै वा ठूलो आवाज आउने गरी नपिउनुहोस् । त्यसको सट्टामा त्यसलाई एकछिन सेलाउन टेबलमा राख्न सक्नुहुन्छ ।
आफ्नो रुचि र स्वादअनुसार चियाको मज्जा लिनुहोस्
मुख्यगरी चिया तपाईंलाई स्वादिलो र आनन्द लाग्ने हुनपर्छ । तपाईंले अलि तीतो वा केही गुलियो वा मन्द खालको स्वादको लिनसक्नुहुन्छ । तपाईले आफ्नै रुचिअनुसारको स्वादमा ग्रीन टी पिउन सक्नुहुन्छ ।
कस्तो खाजासँग ग्रीन टी पिउने
ग्रीन टीलाई मन्द स्वाद भएको खाजासँग मात्रै खानुहोस्, यस्तो खाजाले चियाको स्वाद बिगार्दैन । तपाईको खाजामा प्लेन बटर कुकिज, प्लेन पाउन्ड केक वा साना राइसक्रेकर हुनसक्छ ।
नोट : ग्रीन टी न्युन रक्तचाप चुकित्सक को सल्लाहा मा मात्र पिउनुहोला र गर्भवती महिलालो भने पिउनु त्यती उपयुक्त हुँदैन ।





